थरीथरीका अमेरिकी राष्ट्रपतिहरू

वासिङ्टन, कार्तिक १४ – अमेरिकाकाको ४४औं राष्ट्रपति बाराक ओबामा हुन् । गणितीय दृष्टिकोणले हेर्दा त्यहाँ अहिलेसम्म ४३ जना मात्र राष्ट्रपति भएका छन् । दुई भिन्न कार्यकालका लागि क्लिभल्यान्डलाई दुई पटक छानिएकाले यसो भएको हो । उनी सन् १८८५ र १८९३ मा राष्ट्रपति भएका थिए ।

अमेरिकी इतिहासमा आठ राष्ट्रपतिहरू ज्ार्ज वासिङ्टन, यान्ड्रयु ज्याक्सन, फान बरेन जेड टेलर, मिलार्ड फिमोरे, अब्राहम लिंकन, ए.जन्सन, क्विभल्यान्ड र ट्रुम्यान बेलायती हुन् । अमेरिकाका ४२ राष्ट्रपतिका पुर्खा डच, अंग्रेज, आइरिस, स्ट्राटिस, वेल्स, स्विस वा जर्मन थिए ।

ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । उनको जन्म हवाईमा भएको थियो । सबभन्दा बढी उमेर -६९) वर्षमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचन हुने रेकर्ड रोनाल्ड रेगनले बनाएका हुन् । अर्कोतिर जोन अफ क्यानेडीले सबभन्दा कम उमेर -४३) मा राष्ट्रपतिमा निर्वाचित भए । तर, सबभन्दा कम उमेरमा यो पदभार सम्हाल्ने थियोडोर रुजबेल्ट थिए, राष्ट्रपति म्याक किनलीको हत्यापछि उत्तराधिकारीको रूपमा उनले यो जिम्मेवारी पाएका थिए ।

सबभन्दा बढी समयसम्म जीवित रहने पूर्वराष्ट्रपति जेराल्ड फोर्ड थिए । सन् १९१३ को जुलाईमा जन्मेका उनको देहान्त ९३ वर्षको उमेरमा सन् २००६ को डिसेम्बर २७ मा भएको थियो । रोनाल्ड रेगन पनि ९३ वर्षसम्म बाँचेका थिए । सबभन्दा अग्लो राष्ट्रपति ६ फिट र चार इन्चका अब्राहम लिंकन थिए । सबभन्दा पुड्का राष्ट्रपति ५ फिट ४ इन्चका म्याडिसन थिए ।  

अमेरिकाका ८ राष्ट्रपतिहरू जेम्स ए गारफिल्ड, ह्यार्बर्ट हुभर, हयारी एस, ट्रुम्यान, जेराल्ड फोर्ड, रोनाल्ड रिगन, जर्ज बुस -सिनियर) र बिल क्लिन्टन र बराक ओबामा बायाँ हातले लेख्नेमा पर्छन् । अमेरिका १४ राष्ट्रपतिले उपराष्ट्रपति पद पनि सम्हालिसकेका छन् । यो सूचीमा जे एडम्स, ज्याफरसन, फान बुरेन, फिलमोरे, ए  जोनसन, आर्थर, टी.रुजबेल्ट, कुलिज, ट्रुम्यान, निक्सन, एल जोनसन, फोर्ड र जर्ज बुस -सिनियर) छन् ।

अमेरिकामा दुई वर्षजति अनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको हातमा सत्ता रह्यो । सन् १९७३ मा उपराष्ट्रपति पदबाट स्पिरो टी एग्न्युको राजीनामापछि राष्ट्रपति निक्सनले जेराल्ड फोर्डलाई यो पदमा नियुक्त गरे । अर्को वर्ष निक्सनले राजीनामा दिनुपरेपछि फोर्ड राष्ट्रपति बने । फोर्डले नेल्सन रोकफेलेरलाई उपराष्ट्रपति नियुक्त गरे । फस्ट लेडी -प्रथम महिला) शब्दको प्रयोग सन् १८७७ मा राष्ट्रपति रडरफोर्ड बी हायेसकी पत्नी लुसी भेयर भेबका लागि गरियो ।

अमेरिकी राष्ट्रपति जेम्स बुकाननले कहिल्यै बिहे गरेनन् । त्यही रिगन एक मात्र पारपाचुके प्राप्त राष्ट्रपति थिए । ६ जना राष्ट्रपति निःसन्तान थिए भने राष्ट्रपति टेलरको सबभन्दा बढी १५ छोराछोरी थियो । पदमै रहँदा हत्या भएका चार अमेरिकी राष्ट्रपतिहरूमा लिंकन, गारफिल्ड, म्याककिनले र केनेडी थिए । अमेरिकाका नौ राष्ट्रपति डब्लु ह्यारिसन मात्र एक महिनामा पदमा रहे । सन् १८४१ को ४ मार्चमा कार्यभार सम्हालेका उनको ४ अपि्रलमा निधन भएको थियो । ओबामा सहित अमेरिकाका २६ राष्ट्रपति पेसाले कानुन व्यवसायी थिए ।

प्रकाशित मिति: २०६९ कार्तिक १४ ०९:२८

Source : http://www.ekantipur.com/nep/2069/7/16/full-story/356754.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s