चियापानसँगै अल्मलिएको राजनीति

नेपालीको महान् पर्व बडादसैँ भर्खरै सकिएको छ । दसैँअघि राजनीतिक सहमति जुटाउन नसक्दै सहमति प्रयास थान्को लगाएर बडादसैँ मनाउन जुटेका राजनीतिक दलका नेताहरू यतिखेर सहमतिको बिन्दु पहिल्याउने प्रयासमा जुर्मुराएजस्ता त देखिन्छन्, तर यसका लागि उनीहरूले ठोस प्रयास गरेको भने देखिएको छैन । बडादसैँको समाप्तिसँगै राजनीतिक दलहरूका लागि चियापानको अर्को दसैँ आएको छ । दलका नेताहरूको सक्रियता राजनीतिक सहमति जुटाउने दिशातिर भन्दा पनि फरक-फरक राजनीतिक दलले आयोजना गरेको चियापानमा आफ्नो उपस्थिति देखाउनतिर बढेको देखिन्छ । दलीय चियापानमा उपस्थित भएर शुभकामना आदानप्रदान गर्नु र अनौपचारिक रूपमा गफिनु नेताहरूको दैनिकी बनिरहेको छ । यस्ता अनौपचारिक जमघटमा नेताहरूले उपस्थित सञ्चारकर्मीमाझ सामान्य हल्काफुल्का टिप्पणी गरे पनि त्यसबाट सार्थक परिणाममुखी निष्कर्ष निस्कन सम्भव छैन ।
बडादसैँको अन्तिम दिन कोजाग्रत पूणिर्माको दिन नेपाली कांग्रेसले आफ्नो पुरानो परम्परा धान्दै चियापान आयोजना गर्‍यो । त्यसको भोलिपल्ट एमालेले अर्को चियापान आयोजना गर्‍यो । दुवै चियापानमा अधिकांश राजनीतिक दलका राजधानीमा उपस्थित उपल्लो तहका नेताहरूको जमघट भयो । राजनीतिक नेताहरूको अलावा दुवै चियापानमा मुलुकका बुद्धिजीवी, कलाकार, उद्योगी, व्यापारी, सञ्चारकर्मी, कर्मचारी, सेना र प्रहरीका उच्च पदस्थ अधिकृतलगायतको बाक्लो उपस्थिति देखियो । यस्ता चियापान यतिमै सीमित हुनेछैनन् । निकट भविष्यमै अन्य राजनीतिक दलहरूले पनि यस्ता कार्यक्रम आयोजना गर्नेछन् । यस्ता कार्यक्रममा हुने जमघटबाट जे-जस्ता राजनीतिक लाभ-हानि भए पनि वा नभए पनि यसबाट दलहरूबीच आपसी सौहार्द र सद्भाव साटासाट हुने भने निश्चित छ ।
राजनीतिक चियापानकै चटारोमा दलहरूले सहमतिका नाममा मंगलबार एकहात बैठक गरिभ्याएका छन् । उनीहरूले कुनै नौलो सहमति जुटाउन नसके पनि त्यसले बडादसैँपछिको राजनीतिक मौनता भने तोडेको छ । अब तिहारअघि सहमति जुटाइसक्ने वाचा गरेका दलहरूले सहमति प्रयासलाई हल्का रूपमा लिने गल्ती गरे भने त्यसले मुलुकलाई त अँध्यारो सुरुङभित्र प्रवेश गराउनेछ नै, साथसाथै स्वयं उनीहरूलाई पनि आमजनताका नजरमा गिराउनेछ । यतिखेर आ-आफ्नो दलको ँबटमलाइन’ स्पष्ट गरेर दलहरूले छिटै सहमतिका लागि प्रस्ट मार्गचित्र अगाडि सार्नु आवश्यक छ । सत्ताको सेरोफेरोमा अल्भिmरहेका दलहरूले सत्ताको साँघुरो घेराबाट आफूलाई बाहिर निकाल्न सकेनन् भने त्यसबाट सहमतिको अपेक्षा गर्नु व्यर्थ हुनेछ । चियाको चुस्कीसँगै अल्मलिइरहेको राजनीतिलाई निकास दिन इमानदार प्रयास गर्नु नै दलहरूको वर्तमानको प्राथमिक दायित्व हो । आफ्नो सोही दायित्व पूरा गर्ने दिशामा दलहरू अघि बढून् ।

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=category&layout=blog&id=53&Itemid=59

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s