मंसिरदेखि ‘दुई रङको सिलिन्डर’

काठमाडौ, कार्तिक १५ – आयल निगमले आगामी मंसिर १ देखि व्यावसायिक प्रयोजनका लागि नीलो रङको सिलिन्डर मात्रै दिने भएको छ । व्यवसायीहरूले भने निगमको उक्त तयारीबारे अनभिज्ञता प्रकट गरेका छन् ।

‘मंसिर १ देखि व्यावसायिक प्रयोजनका लागि नीलो रङको सिलिन्डर कार्यान्वयन गछौर्ं,’ निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने । निगमले नीलो रङको सिलिन्डर कार्यान्वयन गर्ने निर्णय अनुरूप काम ‘गर्न गराउन’ भन्दै दसैंअघिदेखि सञ्चार माध्यमबाट सार्वजनिक सूचना प्रसारण गरिरहेको छ । एलपी ग्यास उद्योग संघले भने निगमको उक्त निर्णयबारे कुनै जानकारी नभएको जनाएको छ । ‘मंसिरदेखि व्यावसायिक प्रयोजनका लागि नीलो सिलिन्डर कार्यान्वयनमा ल्याउने भन्ने कुनै जानकारी छैन,’ संघका अध्यक्ष हरि पाठकले भने, ‘त्यस विषयमा हामीले सहमति पनि गरेका छैनौं ।’

निगमले भने नीलो रङको सिलिन्डर कार्यान्वयन गर्ने सरकारी निर्णयमा असहयोग गर्ने ग्यास बोटलिङ प्लान्ट सञ्चालकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘नीलो रङको सिलिन्डर कार्यान्वयन गर्नु भनेर सरकारले निर्देशन दिएपछि कुरा सकियो,’ अग्रवालले भने, ‘सरकारको निर्देशनमा कसैको सहमति असहमति भन्ने कुरै हुँदैन । जसले असहयोग गर्छ त्यसमाथि कडा कारबाही हुन्छ ।’ अग्रवालले नीलो रङको सिलिन्डर कार्यान्वयनका सम्बन्धमा व्यवसायीसँग थुप्रै पटक अन्तर्त्रिmया गरेको बताए । उनले त्यस विषयमा पटक-पटक सार्वजनिक सूचना जारी गर्दा पनि ‘थाहा छैन’ भन्नु गलत भएको बताए । यसअघि पनि निगमले गत साउन १५ देखि नीलो रङको सिलिन्डर कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध संघले सोही दिनदेखि आन्दोलन सुरु गरेको थियो । झन्डै एक साता ग्यास नउठाएपछि सरकारले उद्योगीलाई कडा कारबाही गर्ने चेतावनी त्यतिबेला पनि दिएको थियो ।

प्रकाशित मिति: २०६९ कार्तिक १५ ०९:४२

Source : http://www.ekantipur.com/nep/2069/7/15/full-story/356797.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s