दसैं र सचेतना

Thursday, 18 October 2012 22:01

दसंैको रमझमको प्रभाव सहरदेखि दूरदराजका गाउँ– बस्तीमा समेत परेको छ । यो चाडलाई ठूलो र महŒवपूर्ण यस कारण पनि मानिन्छ । दसैं नमान्नेहरूले समेत सामाजिक सद्भावका रूपमा क्रमशः स्विकार्दै आएका छन् । मौसम पनि घमाइलो भएर होला दसंैको अवसरमा वृद्धदेखि बालकसमेत रमाएका भेटिन्छन् । खुद्रे पसलदेखि ठूल्ठूला सपिङ मलहरूमा ग्राहकको भीड लागेबाट बुझिन्छ, उपभोग्य वस्तुको खपत यो चाडमा सबैभन्दा बढी हुन्छ । खाने, लाउनेलगायत अरू धेरै उपभोग्य वस्तु दसैंकै अवसर पारेर खरिद गर्ने चलन अझै छ, कतिपय नागरिकमा ।

हुने खानेदेखि हुँदा खानेहरूले समेतले दसंैलाई महŒवपूर्ण पर्वको रूपमा व्याख्या गरेको देखिन्छ भने सरकारी कार्यालयमा लामो बिदा हुने भएकाले अत्यावश्यकीय बाहेक प्रशासनिक कार्य ठप्प हुन्छ । शास्त्रले समेत सद्भावको पर्व भनेर व्याख्या गरे पनि पर्व मनाउने बहानामा केही भद्दा गतिविधिले निरन्तरता पाउन थालेकाले दसंैको मौलिकता हराएकोमा मात्रै होइन, विकृति थपियो भनेर समेत चिन्ता गर्नुपर्ने अवस्था छ । मनोरञ्जनको बहानामा खेलिने जुवातासले केहीलाई कंगाल बनाउने गरेको छ ।

ऋणै काढेर भए पनि घोर्ले खसी ढाल्नै पर्ने मान्यता अलि बढी नै भयो कि भनेर चिन्ता गरिरहेको बेला मदिरा शैलीसमेत संस्कार बन्ने खतरा बढेको छ । मदिरा सेवन क्रमशः आमस्वीकार्य बन्न थालेको छ । बढी मदिरा सेवन गरेकै कारण दुर्घटनाको तथ्यांक प्रत्येक वर्ष उकालो लाग्दै छ, सहरदेखी गाउँसम्म । मासु र मदिराकै कारण दीर्घरोगी हुनेहरूको संख्या पनि नजानिँदो रफ्तारमा बढिरहेको छ । त्यसो त, नेपालीहरूले आवश्यकताभन्दा धेरै खाने शैलीले रोग र विकृति जन्माउन भूमिका खेलेको छ भन्न धक मान्नु पर्दैन । दसंैलाई सभ्य बनाउने प्रमुख दायित्व नागरिककै हो । प्रशासनले त निश्चित नियम बनाउने हो, जस्तो कालोबजारीलाई कारबाही गर्ला । अस्वस्थ परिकार बेच्नेलाई जरिवाना तिराउला ।

तर, व्यक्ति–व्यक्तिलाई भेटेर अनावश्यक खाना नखाऊ भन्न सक्दैन । विचार गर्नै पर्ने अर्को पक्ष के पनि हो भने यो पर्वको अवसरमा असन्तुलित खानपिनकै कारण मान्छेहरू बिरामी पर्ने गरेका छन् । पर्वको अवसरमा सरकारी र निजी अस्पतालमा स्वास्थ्यकर्मीसमेत कम हुनाले अन्य बेलामा जस्तो सहजै उपचार सम्भव हँुदैन । तसर्थ, केही भएपछि उपचार गरौंला भन्दा पनि उपचारका लागि धाउनै नपर्ने व्यवहार गरेदेखि दसैंको मौलिकता साँच्चिकै झल्किने थियो । आशा गरौं, यो दसैंमा छतमा अनावश्यक यात्रु राखे बापत सवारी चालक कारबाहीको भागिदार हुने छैनन् भने जुवा हारेर घर खेत गुमाउनेको समाचार पढ्नुपर्ने छैन ।

Source : http://www.rajdhani.com.np/index.php?option=com_content&view=article&id=3142%3A—&catid=29%3A2012-07-26-08-30-57&Itemid=23&lang=en

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s