चियापान चर्चा

Tuesday, 30 October 2012 21:30

ध्रुव लम्साल

कोजाग्रत पूर्णिमाका दिन दुई कार्यक्रम भएपछि काठमाडौंमा दसंै सकिएको सन्देश आमनागरिकमा पुग्छ । किनकि नेपाली कांग्रेसले तीन दशकअघि सुरु गरेको चियापान कार्यक्रम एकखालको क्यालेन्डर नै बनेको छ । त्यही मितिमा दशकअघि रंगकर्मी सुनिल पोखरेलले पनि सुरु गरे, टीकाटालोसहित दसंै बिदाइको परम्परा । दुवै कार्यक्रमप्रति मिडियाले उत्तिकै चासो राख्नाले पनि यी समारोहका बारेमा चासो राख्नेहरू बढेका छन् । ठाउँ फरक । पात्र फरक । एकै दिन दुई कार्यक्रम भयो दसैं बिदाईको । नेपाली कांग्रेस पार्टी अफिस सानेपमा धेरै मान्छेको जमघट थियो । अनामनगरस्थित मण्डला थिएटरमा थोरै ।

(गुरुकुल बन्द अवस्थामा रहेकाले यसपालि मण्डला थिएटरमा भएको थियो) सानेपामा देश बनाउँछु भन्ने तर, नबनाउने, बनाउने सीप भएका तर सीपको सदुपयोग कहिल्यै नगरेका धेरै थिए । देश बनाउने ढंगै नभएका तर वर्षांैदेखि बनाउँछु भनिरहेकाको पनि उपस्थिति थियो । आफ्नो समूहलाई छुट्टै पानी माग्ने, बिजुली माग्ने र सामान्य कामका लागिसमेत घुस माग्नेसमेत थिए । घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भन्नेहरू पनि नभएका होइनन् ।

त्यत्रो हुलुमुलमा तिनको हिसाब कसले गर्ने ? मण्डला थिएटरमा देश बनाउँछु भन्दै नबनाउने थिएनन्् । थिए त केबल देश बिग्रेकामा आफ्नो क्षेत्रबाट चिन्ता गर्नेहरू । किनकि त्यहाँ जम्मा भएकामध्ये धेरैमा त्यति ठूलो लालसा छैन । यी साँच्चै निस्वार्थ काम गर्छन् । समाजका लागि तर यिनले समाज परिवर्तनमा भूमिका खेलेबापत राज्यको तर्फबाट केही पाएका छैनन् । र, हामीले केही पाएनांै भनेर गुनासो पनि गरेनन् । समयमा जम्मा भए अग्रजको हातबाट टीका, आशीर्वाद र एक बोहोतो सगनु लिएर फर्के । तर, सानेपामा आशीर्वाद लिने र दिने छैनन्् ।

छन् त उपदेश दिनेहरू । आफ्ना लागि केही माग्न शीर्ष नेता छेउ पुग्न तँछाड मछाड गर्नेहरू धेरै थिए । नेतृत्व तह माग्नेहरूकै बीचमा घेरिँदैनन् मात्रै गर्व पनि गर्छ । ०४६ पछि यस्तै शक्तिबाट घेरिएको कांग्रेसले आजसम्म आफ्ना लागि माग्नेहरूले देशको लागि केही गर्दैनन् भन्ने नबुझे जस्तो लाग्छ । गायक, संगीतकार, वा साहित्यकारले आफ्नो क्षेत्रमा उधुम मच्चाएकै भरमा कांग्रेसको नजिकिया हुन सक्दैन ।

पार्टीको नजिक हुनलाई उसले पनि झन्डा बोक्नैपर्छ । यस्तो समस्या कांगे्रसमा मात्रै होइन माओवादी एमालेलगायतमा पनि छ । बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि ०३३ सालमा सुरु भएको थियो, यो कार्यक्रम । अहिले त्यसैलाई निरन्तरता दिएको हो । यस अर्थमा कांग्रेस पार्टीलाई बधाई दिनुपर्छ । बीपीको सुरु गरेको मेलमिलापजस्तो पवित्र सन्देश दिने एउटा कार्यक्रमलाई जारी राखेको छ ।

अर्को कुरा यो कार्यक्रममा कांग्रेसको समर्थन गर्ने मात्रै होइन आलोचना गर्नेहरूको पनि उपस्थिति थियो । बाहुल्यता कांग्रेसलाई माया गर्नेहरूकै धेरै थियो । यो स्वाभाविक पनि हो । किनकि कांग्रेसले गरेको कार्यक्रममा रूखमा भोट हाल्नेहरूकै बाहुल्यता हुनुपर्छ । तर, यसैलाई पूर्ण मान्न सकिँदैन । हरेक वर्ष आयोजना हुने कार्यक्रममा पात्रहरू प्रायः दोहोरिन्छन् । यसको अर्थ पोहोर कार्यक्रममा आएकालाई यसपालि नबोलाऊ भन्ने होइन ।

तर, कांग्रेसको प्रचार–प्रसारमा सहयोग गर्नेबाहेकका मान्छेहरूको उपस्थिति असाध्य न्यून भयो । लेखेर बबाल चर्चामा आएका साहित्यकार । अभिनय गरेर प्रभाव छाडेका कलाकार र स्वरको जादुले हजारौं प्रशंसक कमाएका गायक गायिका यसपालिको कार्यक्रममा देखिएनन् । लोकतन्त्र आएलगत्तै १ सयभन्दा बढी कलाकार माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर ‘लालसलाम’ गर्दै माओवादी प्रवेशको घोषणा गरे । त्यतिबेलै केही कलाकारले भनेका थिए, ‘हामी माओवादीको विचार मनपरेर होइन कांग्रेस, एमालेले वास्ता नगरेर माओवादी प्रवेश ग¥यौं ।’

कांग्रेसजस्तो पुरानो र लोकतान्त्रिक पार्टीप्रति सिंगो कलाकर्मीले बेवास्ता गरेको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपथ्र्यो । कला, साहित्यका संलग्न मान्छे समाजका साझा मान्छे हुन् । तिनलाई आफ्नो पक्षमा ल्याउन झन्डै बोकाउनुपर्छ भन्ने होइन । हुन सक्छ कतिपय कलाकर्मी वा साहित्यकारले कांग्रेसको ठाडै विरोध पनि गरे होलान् । तिनलाई चियापानमा बोलाउँदा के बिग्रन्थ्यो ? साँच्चै भन्ने हो भने अहिले नेपाली राजनीतिक दलमा असफल मान्छेको भीड छ । भोलि राम्रो गरे भने सफल होलान् । तर, अहिले तिनीहरू (कांग्रेस, माओवादी र एमाले) असफल संस्था हुन् ।

जनताबाट नयाँ संविधान बनाउने जिम्मेवारी पाए तर, पूरा गरेनन् । त्यसकारण उनीहरू अफसल भए । तर, कलाकार र साहित्यकारले संक्रमणकालमा पनि आफूलाई सफल बनाउँदै गएका छन् । उदहारणका रूपमा नेपाली आख्यानलाई हेरे हुन्छ । संक्रमणकालमा नयाँ साहित्यकार मात्रै जन्मेनन् । गज्जबले पढ्ने संस्कारको विकास पनि गरे ।

चलचित्र क्षेत्रमा पनि नयाँ पुस्ताका निर्देशकले दर्शकलाई हलमा आकर्षित मात्रै गरेनन् फिल्ममा नयाँ शैलीको विकाससमेत गरे । यस कारण ती सफल हुन्, राजनीति गर्ने भन्दा । दसंै फेरि पनि आउँछ । कांग्रेसले चियापान अर्को वर्ष पनि गर्ने निश्चित छ । आशा गरौं अर्को वर्षको चियापानमा केबल असफल मान्छे मात्रै अंकमाल गरेको दृश्य क्यामेरामा कैद हुने छैन । त्यहाँ कलासाहित्यलगायत अन्य क्षेत्रमा ख्याति कमाएका समेत उपस्थित हुनेछन् ।

Source : http://www.rajdhani.com.np/index.php?option=com_content&view=article&id=3302%3A-&catid=27%3A2012-06-28-14-57-25&Itemid=17&lang=en

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s