सौर्य प्रणाली नजिकै पृथ्वी जस्तो ग्रह

October 18th, 2012

वासिंगटन (एजेन्सी)
युरोपेली खगोलसास्त्रीहरुले हाम्रो सौर्य प्रणालीबाट बाहिर नजिकै पृथ्वीकै आकार बराबरको एउटा ग्रह पत्तालगाएकाछन् । यस प्रकारको ग्रहको खोज यो पहिलो भएको जनाइएकोछ ।

तिनीहरुले आकास गंगामा खोजिररहेकै ग्रह फेला पारेको र २५ ट्रिलियन माइल टाढा रहेको उक्त ग्रहले एउटा तारालाई परिक्रमा गरिरहेको समेत पत्तालगाएका छन् । तर उक्त पृथ्वी जस्तो ग्रह अत्यन्तै तातो भएको र त्यसको सतह अर्धतरल लाभा जस्तो हुन सक्ने तिनीहरुले बताए । २ हजार २ सय डिग्री तातो उक्त ग्रह उसको ताराबाट नजिक भएको र केहि दिनमै उसको परिक्रमा पुरा गर्ने उक्त ग्रहमा जीव अस्तित्व सम्भव नभएको खगोलसास्त्रीहरुले बताए ।

उक्त ग्रह पत्तालगाउने खगोलसास्त्रहरुले उक्त ताराको परिक्रममा गरिरहेका अन्य ग्रहहरु हुन सक्ने र त्यो केहि टाढा हुने भएकोले पानी र जीव अस्तित्वका लागि पर्याप्त चिसो हुन सक्ने बताए । ती ग्रहहरु धेरै चिसो र धरै तातो नभएको गोल्डिलक जोन समुहमा पर्ने अनुमान गरिएको छ ।

यसको अर्थ ती ग्रहहरु खगोलशास्त्रीहरुले कल्पना गरेको भन्दा नजिक अल्फा सेन्टाउरी बी तारामण्डलमा पर्ने देखिन्छ । यो पृथ्वीको दक्षिणी भागबाट धेरै नजिक रहेको छ र अल्फा सेन्टाउरी बीलाई राती आकासमा बिना टेलिस्कोप देख्न सकिन्छ । तर हाल प्रयोगमा रहेको प्रविधीका लागि यो दुरी निक्कै धेरै छ र यसले उक्त ग्रह सम्म पुग्न कम्तिमा १० हजार बर्ष लाग्न सक्छ ।

तर यो उत्साहजनक खोजपछि २५ ट्रिलियन माइल यात्राका लागि रकेटको गतिका विषयमा खगोलसास्त्रीहरुले छलफल गर्न थालिएका छन् । बैज्ञानिकहरुले यसभन्दा अगाडी पनि कम्तिमा ती दुरीका तारा तथा ग्रहको अवस्था हेर्नका लागि भएपनि केहि उपाय निकाल्न नासा र युरोपेली स्पेस एजेन्सीलाई दबाव दिइसकेका छन् ।

उक्त ग्रहको खोजका विषयमा मंगलबारको जर्नल नेचरमा लेख प्रकासित भएको थियो । अमेरिका र युरोप विच पृथ्वी जस्तो ग्रहको खोजीमा प्रतिस्पर्धी रहेका छन् । अहिले सम्म बैज्ञानिकहरुले ८ सय ४२ वटा ग्रह पत्तालगाइसकेका छन तर तिनीहरुले यसतो ग्रहको संख्या अर्बौमा हुनसक्ने अनुमान गरेका छन् ।

Source : http://www.newsofnepal.com/non/newsdetail.php?id=68154

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s