‘विश्वको जैविक विविधता जोगाउन ४० अर्ब खर्च लाग्ने ‘

October 17th, 2012

हैदराबाद (एजेन्सी)
भारतको हैदराबाद सहरमा १ सय ९० देशका १२ हजार भन्दा बढी विशेषज्ञको भेलाले पृथ्वीको जैविक विविधतालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छन् । विश्वको यो अदभुत तथा अनमोल धरोहरलाई बचाउन ४० अर्ब अमेरिकी डलरको धनरासी आवश्यक हुनेमा तिनीहरु सहमत भएका छन् ।

भारतको जनसंख्या १ अर्ब २० करोड नाघिसकेको छ र यो विश्व जनसंख्याको करिब १८ प्रतिशत हो । यो देशमा मानव र अन्य बन्य जन्तुका लागि विश्वको २ दशमलव ४ प्रतिशत हिस्सा मात्र भुमी मात्र उपलब्ध छ । यो अवस्थामा ती दुई बिच संघर्ष हुनु र दुवैले तनाव बेहोर्नु पर्नु स्वाभाविक हो । तर अन्त्यमा नोक्सान जैविक विविधताले नै उठाउनु परेको तथ्य अकात्य छ । तर मानव पनि ती सबै जैविक विविधता बिना जीवित रहन नसक्ने पनि त्यतिकै सहि छ ।

विगतका दशकमा भारतले कम्तिमा पााच दुर्लभ जनावर लोप भएको देखेको छ । यसमा इन्डियन चितुवा, सानो कदको गैंडा, गुलाबी सिर भएको बत्तख, जंगली उल्लु र हिमाली बटेर परेका छन् । यसको प्रमुख कारण मानवको लालच र जंगलको विनास हो ।

इन्टरनेसनल युनियन फर कन्जरर्वेसन अफ नेचर (आइयुसीएन)ले विश्वमा हाल ९ सय २९ दुर्लभ प्रजातीहरु खतरामा रहेको चेतावनी दिएको छ । सन् २००४ मा यो संख्या ६ सय ४८ थियो । विश्वको जैविक धरोरह गुमाउने देशहरुको सुचीमा भारत चीन पछिको सातौं स्थानमा रहेको छ ।
संयुक्त राष्ट्र कन्भेन्सनल अन बायोलजिकल डायवर्सिटी (सीबीडी) सन्धीमा १ सय ९३ देशले हस्ताक्षर गरिसकेका छन् र त्यसको निर्देशनहरु पालना पनि गरिहेका छन् । तर यो सन्धीको पालना गर्न अमेरिकाले अस्विकार गरेको छ र यो मामलामा सुडानले अमेरिकालाई साथ दिएको छ । अमेरिकाले सीबीडीलाई सन् १९९४ देखि नै मान्न अस्विकार गर्दै आइरहेको छ । उक्त सन्धिमा सबै देशले विश्व विविधताबाट बराबर फाइदा पाउनु पर्ने उल्लेखित बुादामा अमेरिकाको आपत्ती रहादै आएको छ । यसपटक सम्मेलनको आयोजक भारतमाथि अमेरिकालाई यस सन्धीको दायरामा ल्याउने दवाब परेको छ । पर्यावरण मन्त्र िजयन्ती नटराजनले यस विषयमा अमेरिकासाग वार्ता गर्ने बताएका छन् ।

भारत सरकारको नेसनल बायोडायभर्सिर्टी अथोरिटी (एनबीए)ंले भारतको ७० प्रतिशत हिस्सामा पाउने गरेका १ लाख ५० हजार दुर्लभ बोटविरुवा र जनावरको मात्र तथ्यांक संकलन गर्न सकेको छ । सरकारले यसमा धेरै अन्तर बााकी रहेको स्विकार गरेका छन् । अझै कति दुर्लभ प्रजाती प्राप्त हुन सक्छ र कसरि तिनीहरु लोप भइरेहेका छन् भन्ने विषयमा कसैलाई थाहा छैन ।

सन् २००५ मा अरुणान्चल प्रदशमा दुर्लभ प्रजातीको बाादर फेला परेको थियो । जियोलोजिकल सर्वे अफ इन्डियाका अनुसार सन् २०११ मा १ सय ९३ नयाा जनावरका प्रजाति फेला परेका छन् । भारतमा शेर, बाघ, हात्ती र गैडा संरक्षणका लागि प्रयास भइरहेको छ । देशको कुल भुभागको ४ दशमलव ८ प्रतिशत भौगोलिक हिस्सा सुरक्षित क्षेत्रमा राखिएको छ । सन् २०११ मा देशभरी १ हजार ७ सय ६ वयस्क बाघ गणना गरिएको थियो भने सन् २००६ मा यो संख्या १ हजार ४ सय ११ मात्र थियो ।

भारतले अहिले जैविक विविधताको संरक्षणमा दुई अर्ब डलर खर्च गरिरहेको मन्त्रालयले जनाएको छ । यसको परिणाम पनि देखिन थालेको र आइयुसीएनले शेरको जस्तो पुच्छर भएको बाादरलाई २५ लुप्तप्राय जनावरको सुचीबाट हताएको छ ।किनभने यसको संख्यामा प्रर्याप्त बृद्धी भएको पाइएको छ ।

भारतको जलक्षेत्रमा १३ हजार लुप्तप्राय प्रजातिको पहिचान गरिएको छ । ८ हजार किलोमिटर तटरेखाको वरपरि बन्दरगाह र बिद्युतगृह जस्तो भौतिक बिकाश परियोजनाका कारण थुप्रै माछा तथा जलचरको अस्तित्व खतरामा पर्न गएको हो । भारतमा धानको ५० हजार फरक प्रजाती छन् । सन् २०१० को अनुमान अनुसार भारतसाग ८ हजार ८ सय ५० करोड जैविक विविधता निर्यात को सम्भावना छ । भारतमा २३ दशमलव ४ प्रतिशत जंगल छ तर यसअघि यो ३३ प्रतिशत रहेको अनुमान गरिएको थियो ।

Source : http://www.newsofnepal.com/non/newsdetail.php?id=68117

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s