पहिले चाँडै हिँड्ने पछि ढिलो र्फकने रोग

नियमानुसार दसैँबिदा सुरु हुन अझै केही दिन बाँकी छ । सामान्यतः मुलुकभरका शैक्षिक संस्था घटस्थापनादेखि बिदा हुने गरेको भए पनि सरकारी कार्यालयमा भने फूलपातीदेखि मात्र बिदा हुने प्रचलन कायम छ । तर, राजधानीबाहिरका कतिपय जिल्लाका अधिकांश कार्यालय प्रमुखदेखि तल्लो तहका कर्मचारीसमेतले सहायकस्तरका कर्मचारीको जिम्मामा कार्यालय छाडेर औपचारिक रूपमा बिदा सुरु हुनुअगावै जिल्ला छाडेका समाचार सार्वजनिक भइरहेका छन् । विशेषतः सेवाग्राहीलाई सेवा प्रदान गर्ने जिम्मेवारी बोकेका त्यस्ता कार्यालयमा कार्यालय प्रमुख र अन्य जिम्मेवार कर्मचारी लामो समयदेखि उपस्थित नहुँदा सेवाग्राही मर्कामा परिरहेका छन् । तैपनि, सरोकारवाला निकायले कुनै चासो दिएको देखिन्न ।
खासगरी दसैँको लामो छुट्टी सुरु हुनुभन्दा निकै पहिलेदेखि नै सरकारी कार्यालयमा माथिल्लो तहका कर्मचारी नभेटिनु पुरानै रोग हो । साथै, बिदाअघि मात्र होइन, बिदा सकिएको लामै समयसम्म पनि त्यस्ता कार्यालयमा उपल्लो तहका कर्मचारी भेटिने गरेका छैनन् । खासगरी, दसैँबिदाको केहीपछि दोस्रो ठूलो चाड तिहार आउने र तिहारको केही दिनपछि तराई क्षेत्रको महान् पर्व छठसमेत पर्ने हुनाले अधिकांश कर्मचारी छठपछि मात्र कार्यालयमा हाजिर हुने गरेका छन् । झन् कणर्ालीलगायत दुर्गम भेगका कर्मचारीले त असार मसान्तपछि कार्यालय छाडेर एकैपटक असोज पहिलो साता कार्यालय पुग्ने र हाजिर गरेर तलब-भत्ता बुझेपछि फेरि दसैँबिदाको डेढ-दुई हप्ताअघि नै कार्यालय छोड्ने गरेका छन् । खासगरी दसैँको बिदाभन्दा निकै अघिदेखि कार्यालय छाडेर जिल्लाबाट बाहिरिने र बिदा सकिएको लामो समयसम्म पनि कार्यालयमा प्रमुखदेखि अन्य उपल्लो दर्जाका कर्मचारी उपस्थित नहुने रोगै लागेको छ सरकारी कार्यालयमा । यसबाट सेवाग्राही त मर्कामा परेका छन् नै, साथसाथै स्थानीय विकास निर्माणका कामसमेत प्रभावित हुने गरेका छन् ।
दैलेखका जिल्ला विकास समिति, नारायण नगरपालिका, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालयलगायत महत्त्वपूर्ण कार्यालयका प्रमुख दसैँबिदाभन्दा साता/दुई सातापहिल्यै अनेक बहाना बनाएर जिल्लाबाहिर गइसकेका छन् । त्यसैगरी, जिल्ला जनस्वास्थ्य, नापी शाखा, खाद्य संस्थान, नेपाल टेलिकम, कोष तथा लेखा नियन्त्रक, निर्वाचन आयोग, नेपाल विद्युत् प्राधिकरण, महिला विकास, जिल्ला प्राविधिक कार्यालयजस्ता दर्जनभन्दा बढी कार्यालय दसैँ आउनुभन्दा निकै अघिदेखि प्रमुखविहीन भइसकेका छन् । यो रोग एक्लो दैलेखका सरकारी कार्यालयमा मात्र लागेको होइन । यस्तो समस्या कणर्ालीका कार्यालयमा अझ चर्को रूपमा फैलेको छ । साथसाथै, मुलुकका अधिकांश कार्यालय यस्तो रोगबाट अछुतो छैनन् भन्दा पनि अत्युक्ति हुनेछैन । त्यसैले लामो बिदाअघि र पछि कार्यालयमा कर्मचारी अभाव हुने यस्तो समस्यातर्फ सरकारले गम्भीर चासो दिनु जरुरी देखिन्छ ।

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=category&layout=blog&id=53&Itemid=59

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s