नेपालका पाँच महासंकट

अहिले मुलुक अत्यन्त जटिल, संवेदनशील र इतिहासको सर्वाधिक संकटको अवस्थामा पुगेको छ । सर्वाधिक संकट भनेको मुलुकको अस्तित्व नै लोप हुनसक्ने सम्भावनाको खतराभित्र मुलुक प्रवेश गरेको छ । नेपालको ऐतिहासिक पृष्ठभूमि राम्रोसँग उजागर गर्ने हो भने पाँच हजार वर्षदेखिका लिखित, अलिखित इतिहास छन् यहाँ । झन्डै सात हजार वर्षदेखिका यसका केही अलौकिक विशेषता छन् । साम्राज्यवादी अंग्रेजले नेपाललाई भारतमा विलय गर्ने एउटा ठूलो योजनासहित आक्रमण गरे पनि नेपाललाई दास बनाउन सकेन । सात हजार वर्षको इतिहासमा कहिले पनि देखानपरेको नेपालको तराई टुक्र्याउने एउटा अभियान ०६२ सालदेखि चलिरहेको छ । त्यो अभियान सम्पन्न गर्न ०६४ वैशाख २८ गते पटनामा बैठक बस्यो, त्यो बैठकमा राजेन्द्र महतो, महन्थ ठाकुरदेखि लिएर ज्वाला सिंह र गोहितहरू पनि संलग्न थिए । त्यो बैठकको सम्पूर्ण संयोजन भारतले गरेको थियो । बैठकलाई सुरक्षा दिन भारतीय सुरक्षा फौज तैनाथ भएको थियो । बैठकमा रामराजाप्रसाद सिंहलाई दश वर्षभित्र भारतीय दूतावासको सहयोगमा तराईलाई टुक्र्याएर भावी राष्ट्रपतिको रूपमा ज्वाला सिंहले प्रस्ताव पनि गरेका थिए । तर, रामराजाप्रसाद सिंहले वीरतापूर्ण ढंगले त्यसलाई मान्यता दिनुभएन । र, त्यो बैठकको पर्दाफाससमेत गर्नुभयो ।
नेपाललाई टुक्र्याउने दोस्रो एजेन्डा बोकेर ०६४ असोज १८ देखि २० गतेसम्म पटनामा फेरि अर्को बैठक बस्यो । त्यो बैठक बसेर नेपालसम्बन्धी सुरक्षा हेर्ने विशेषज्ञ खासगरी भारतीय विदेश मन्त्रालयकी सहसचिवको समेत उपस्थिति थियो । भारतीय गुप्तचर संस्था ‘र’ का उच्च अधिकारी पनि त्यसमा सहभागी थिए । त्यसपछि नेपालमा माओवादीलाई आन्दोलनमा धकेलिदिने, ०६४ मंसिर ६ गते घोषणा गरेको संविधानसभा चुनाव गर्न नदिने र त्यसअघि नै तराईमा नयाँ शक्ति तयार गर्ने योजना बन्यो । उनीहरूले राजीनामा दिए र रातारात तमलोपा जन्मियो । माओवादीलाई पनि उपयोग गरेर संघर्ष घोषणा गर्न लगाइयो । ०६४ साल असोज १ देखि संघर्षको कार्यक्रम घोषणा गर्न लगाउने र जसरी पनि मंसिर ६ को चुनाव बिथोल्ने उनीहरूको उद्देश्य थियो । मधेसवादीको नयाँ दल खडा भए पनि तराई टुक्र्याउनैका लागि नागरिकता बाँडेको जुन जनसंख्या थियो, त्यसलाई राजनीतिक आवरणमा ल्याउने काम बाँकी नै भएकाले माओवादीमार्फत चुनाव बिथोल्ने र त्यहीबीच तराई टुक्र्याउन नयाँ पार्टी खडा गर्ने भारको ग्य्रान्ड डिजाइनअनुसार ०६४ मंसिर ६ गतेको चुनाव बिथोलेर, नयाँ संस्था खडा गरेर, समग्र मधेस एक प्रदेश हुनुपर्छ भन्ने नाराका आधारमा स्वायत्त मधेस प्रदेशको अवधारणाअन्तर्गत ०६४ फागुन १ देखि आन्दोलन भयो । र, त्यो आन्दोलन समापन गर्न भारतीय राजदूतवासमा फागुन ७ र ८ गते मधेसवादी दल र भारतीय दूतावासले आठबुँदे सम्झौता तयार गरे । जुन सम्झौतालाई नेपालको तराई टुक्र्याउने आधार पत्रका रूपमा मानियो । त्यो सम्झौतामा गिरिजाप्रसाद कोइरालाले सही गरे र तत्कालीन एमाले महासचिव माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड त्यसको साक्षी बसे । स्वायत्त मधेस प्रदेश निर्माण गर्ने, त्यसमा आत्मनिर्णयको अधिकार दिने, मधेसीको छुट्टै सेना गठन गर्ने जस्ता घातक सम्झौता भएको थियो त्यतिवेला ।
तेस्रो संकट भनेको १९७२ मा भारतले एउटा नदी जडान खाका तयार गरेको थियो । १९७७ मा बिपी कोइरालालाई नेपालको परराष्ट्र र सुरक्षा नीति भारतले हेर्ने गरी सम्झौता गरे पुनः नेपालको प्रधानमन्त्री बनाइदिन्छु भनेर तत्कालीन भारतीय प्रधामन्त्री इन्दिरा गान्धीले भनेकी थिइन् । तर, बिपीले त्यो कुरा मानेनन् र मेलमिलाप नीति लिएर नेपाल फर्किए । त्यसपछि १ अपि्रल १९९० मा त्यस्तैखाले प्रस्ताव राजा वीरेन्द्रसमक्ष पुग्यो । तत्कालीन भारतीय विदेश सचिव एसके सिन्हा नेपाल आएका वेला ६ बुँदे प्रस्ताव गरिएको थियो । त्यसमा जलस्रोत र सुरक्षा नीति हाम्रो हातमा हुन्छ भने राजतन्त्र निरन्तर रूपमा हामी अगाडि बढाउँछौँ भन्ने संकल्पसहित प्रस्ताव आएको थियो । तर, राजा वीरेन्द्रले त्यसलाई इन्कार गरे । ०६१ मा फेरि त्यही प्रस्ताव तत्कालीन राजा ज्ञानेन्द्रका अगाडि उनीहरूले राखेर भ्रमणको तर्जुमासमेत गरेका थिए । ज्ञानेन्द्रले पनि मानेनन् उक्त प्रस्ताव । पछिल्लो समयमा जलस्रोतसम्बन्धी निकै धेरै सम्झौता प्रचण्डको पालामा भएको छ । ०६३ मा सरकार आइसकेपछि ०६४ मा उपल्लो कणर्ाली, अरुण तेस्रोजस्ता सम्झौतामा रिन्यु गर्ने काम गिरिजाले गरे । प्रचण्डको सरकारले पनि त्यस्तै राष्ट्रघाती सम्झौता गर्‍यो । प्रचण्डले ११ नदीनालामा सौदाबाजी गरे । अहिले बाबुरामजीले त्यस्तै गरिरहेका छन् । प्रचण्ड र बाबुरामले ‘र’ सामु भारतीय सेना भित्र्याउने संकल्प गरेका छन् । यसमा अन्य दलका नेता छन् या छैनन्, तर प्रचण्ड र बाबुरामले त्यो गरेका छन् । म किटानसाथ भन्न सक्छु ।
भारतले अहिले तीनवटा जाल फ्याँकेको छ । एउटा सुपुर्दगी सन्धीमार्फत सोझै भारतीय सेना नेपाल ल्याउने उसको प्रयत्न छ । त्यसैको अभ्यासस्वरूप भारतीय सेनालाई विमानस्थलमा ल्याउने प्रयास गरिएको हो । नेपाल-भारतको सीमा क्षेत्रमा संयुक्त सुरक्षा फौज परिचालन गर्ने भनेर १३ वटा नाकामा एकीकृत जाँच चौकी खडा गर्ने निर्णय भएको छ । त्यसमा नेपालको पनि सेना प्रहरी रहने र भारतको पनि रहने र आवश्यकताअनुसार परिचालन हुन पनि सक्ने भन्ने छ । भारतसँग त ठूलो फौजी दस्ता छ, नेपालमा त सानो छ । भारतीय सेना नेपालमा भित्र्याउने यो दोस्रो तरिका हो । माओवादीको हातमा सरकार छ, ऊ मौका पाउनासाथ भारतीय सेना नेपाल भित्र्याउने दाउ हेरेर बसेको छ ।
पाँचौँ महासंकट भनेको बिप्पा सम्झौता हो । उक्त सम्झौतामा पाँचवटा कुरा उल्लेख छन् । पहिलो नेपालको प्राकृतिक सम्पदा जो भर्जिन मानिन्छ, नेपालमा रुबीका खानी छन्, पेट्रोलियम भण्डार छन्, कोइला खानी, युरोनियम भण्डार, सुनखानीलगायत छन् । बिप्पा सम्झौतामार्फत भारतीय कम्पनी नेपाल आउनसक्ने र ती कम्पनी यहीँका कम्पनीसरह राष्ट्रियकरण नहुने, अनि त्यसले यहाँका प्राकृतिक सम्पदा विश्व बजारमा लगेर बेच्न पाउने भन्ने बिप्पामा उल्लेख छ । बिप्पा सम्झौतामार्फत आएका कम्पनीलाई राष्ट्रिय व्यवहार दिने भन्ने छ । त्यो नेपाल राष्ट्रका नागरिकसरहको व्यवहार गर्ने कुरा हुन्छ । त्यसले गर्दा उनीहरूलाई नागरिकता पनि दिनुपर्ने हुन्छ । भारतमा कंगाल भएकालाई नेपालमा नयाँ कारखाना खोलेर त्यसमा मजदुरका रूपमा उनीहरूलाई पठाएर नेपाली नागरिक बनाउने भारतको दीर्घकालीन योजना छ । त्यस्तो हुन सक्यो भने नेपाली मजदुर विस्थापित हुन्छन् । र, त्यो ठाउँ भारतीय मजदुरले लिने अवस्था आउनेछ । भारतीय कम्पनीलाई यदि कहीँबाट क्षति पुग्यो भने त्यो क्षति राष्ट्रले बेहोर्ने कुरा छ ।
यी महासंकटबाट पार पाउन नेपालीले भारतको सहयोगमा एमाओवादी र मधेसी मोर्चाबीच भएको सहमतिबाट बनेको सरकारलाई हटाउनुपर्छ । दोस्रो मधेसीको छुट्टै सेना बनाउने भनेको तराई टुक्र्याउने भनेको हो । त्यसको हामीले विरोध गर्नुपर्छ । तेस्रो ३५ हजार भारतीयलाई फेरि नागरिकता दिने तयारीमा वर्तमान सरकार लागेको छ । नागरिकताको छानबिन नगरी फेरि हामीले नागरिकता दिन सक्दैनौँ, विदेशीले जति नागरिकता पाएका छन्, ती सबै खारेज गरिनुपर्छ । तराईमा हत्या, हिंसा मच्चाउन भारतले सीमा क्षेत्रमा लाखभन्दा बढी शक्ति खडा गरेको छ । त्यसबाट तराईमा आतंक सिर्जना गरेको छ । नेपाल-भारत क्षेत्रमा सीमारेखा नियमित गरिनुपर्छ । बिप्पाजस्ता घातक सम्झौता जति भएका छन्, ती सबै खारेज गराउन आन्दोलन चर्काउनुपर्छ ।

(भण्डारी जनमोर्चा नेपालका महासचिव हुन्)

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=6897:2012-10-18-06-01-36&catid=55:2012-04-22-06-49-20&Itemid=58

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s