दसैँ बहिष्कार गर्ने पश्चात्तापमा

-दीर्घराज प्रसाई

०६९ सालको दसैँ सकिएको छ । ०६९ सालको दसैँं बाहुन्, क्षत्री, मगर, गुरुङ, तामाङ, लिम्बू, राई, थारू, राजबंशी, थकाली आदि जातजातिका नरनारी, विद्यार्थीहरू सबैले मनाए । दसैँ सकेर उनीहरू पोकापन्तुरा, कोसेली बोकेर गाउँ–गाउँबाट फर्केका छन् । हिजो रित्तिएको काठमाडौं उपत्यका अहिले फेरि भरिएको छ । नेपाली जनताको दसैँप्रतिको मोह र रौनक देख्ता दसैँलाई बहिष्कार गरौँ भन्नेहरू पश्चातापमा परेका होलान् । आत्मग्लानीबाट ग्रसित भएको हुनुपर्छ । केही दिन अगाडि एक बहिस्कारवादीले लेखेका थिए– ‘गोर्खालीे राजाले फुटाउ र राज गर भन्ने सिद्धान्त अनुरूप हिन्दूकृत दसैँ किराँत प्रदेशमा फैलाउने काम गरे । यसरी दसैँं किराँतीहरूको चाड होइन भन्नेहरूले जति नै नेपालीहरूलाई भडकाउन खोजेता पनि दसैँ बहिस्कार गर्न दबाब दिनेहरू आपैँm आत्मग्लानिबाट ग्रसित भएर नांगिएका छन् । नेपाल हिन्दू र बौद्धको आधिकारिक थलो भएकाले यसको अस्तित्व माथि खेलबाड गर्नेहरूलाई इसाईहरूले राम्रै सहयोग गरेको हुनुपर्छ । यसैको बलमा पृथ्वीनारायण शाह र त्यसपछिका देशभक्त योद्धाहरूलाई होच्याएर अनेकौँ झुटा र विवादास्पद तर्क–वितर्क झिक्दै नेपालका धार्मिक परम्परा, चाड, पर्वहरूलाई अवमूल्यन गर्न खोज्नु सोहै्रआना आत्मघाती कुरा हुन् ।
पल्लोकिराँतमा बसोबास गर्दै आएका आदिवासीहरूले पृथ्वीनारायण शाहभन्दा अगाडि ताप्लेजुङ्को पाथिभरा भगवती, तेह्रथुमको सिंहबाहिनी, खोटाङको हलेसी महादेव, बराहक्षेत्र, पिण्डेश्वर महादेव, पादुकादान, दन्तकाली, भगवतीस्थान बिराटनगर आदि धाम र शिवालय तथा देवीथानहरू त्यसक्षेत्रमा थिएनन् र ? थिए । पहिलादेखि नै किराँती जातीले पूजाआजा गर्दै आएका छन् । अध्यावधि त्यसक्षेत्रका कतिपय मन्दिरका पुजारीहरू राई तथा लिम्बूहरू नै छन् । यसरी सत्यलाई असत्य बनाउन खोज्नेहरूको नियत राम्रो छैन । नेपालको राष्ट्रिय एकीकरणपछि पृथ्वीनारायण शाहले त्यसक्षेत्रका रीतिस्थिति धार्मिक चाड, धाम मन्दिरहरूलाई यथावत राखेर नेपालको साझा सम्पत्तिको रूपमा अपनाएको तथ्यलाई कसैले बिर्सनु हुन्न । निधारभरी दहीमा मुछेका सेता अक्षता लगाउने चलन किराँतीहरूको हो । यो दक्षिणतर्फबाट आएको होइन । आसाम गुवाहाटीमा अवस्थित कामक्ष भगवती मन्दिर पनि नेपालको एकीकरण हुनुभन्दा हजारौँबर्ष अगाडिदेखिको शक्तिरूपाको रूपमा मानिँदै आएको छ । पृथ्वीनारायण शाहको महानताको उपहास गरेर नेपाली राष्ट्रियता र धार्मिक चाड, पर्वहरू माथि खनिनु कुनै नेपाली हँु भन्नेहरूलाई सुहाउँदैन । दसैँ बहिस्कार संबन्धममा विजय चाम्लिङ् लेख्छन्– ‘२०४८ सालमा हिन्दूहरूको चाड भन्दै राजन मुकारुङ्ले दसैँ छोडेका थिए । आदिवासी जनजाति माथि थोपरेको चाड भन्दै दसैँ बहिस्कार अभियान चलाए । अहिले तिनै राजन मुकारुङ दसैँं मनाउँदै छन् । दसँैलाई हिन्दू चाडको रूपमा लिन हुँदैन भन्ने उनको तर्क छ ।’ घटस्थापनादेखि दशमीका दिनसम्म भ्यायसम्म नेपाल अधिराज्यका सबै शक्तिपीठहरूमा सबै जातका नेपालीहरू आराधनाको लागि पुग्ने गर्छन् । नेपालभरका अनेकौँ शक्तिपीठहरूमा पृथ्वीनारायण शाहभन्दा धेरै अगाडिदेखि बाहुन, क्षेत्री, आदिवासी किराँतीहरूले पूजागर्दै आएका छन् । २०६३ सालको दसैँं अगाडि माओवादी नेता प्रचण्डले पनि ‘दसँैं सम्पन्नहरूले मात्र मनाउनसक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै दसँै नमान्न निर्देशन दिएका थिए । उनी क्रिस्चियन समर्थक भएकै नाताले त्यसो भन्न सक्छन् । तर, उनको कुरालाई कसैले ध्यान दिएनन् । त्यसलाई परवाह नगरी धनी–गरिब सबैले स्वदेश–विदेशमा बडो हर्षोल्लासले दसँैं मनाएका थिए । हाम्रा चाड–पर्व दसैँ, तिहारलाई राजनीतिक रंगले पोत्नखोज्नेहरूको नियतलाई नेपाली जनताले बुझिसकेका छन् । अनादिकालदेखि नै शक्तिको प्रतीकको रूपमा दसैँंतिहारलाई साझा चाडकोरूपमा मानीआएको कुरालाई तर्साएका भरमा कसैले पत्याउनेवाला छैन ।
अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्तहुन दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको दिनदेखि विजया दशमीलाई शुभदिनकोरूपमा मानिन्छ । असत्य माथि सत्यको विजयको प्रतीकको चाड हो– दसैँं । घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । तर, कतिपय क्रिस्चियन प्रभावमा परेका नेपालीहरू दसैँं बहिस्कार गराउन अनेकौँ भ्रम खडा गरेर दसैँंलाई दूषित पार्न खोज्दैछ । दार्जिलिङका प्रा.गोपीनारायण प्रधान दु:ख मान्दै भन्छन्– ‘बृहत्तर नेपाली पहिचानलाई जातीय पहिचानतिर खुम्च्याउने प्रयास दु:खदायी हो ।’ स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ –‘इष्टदेव महादेव, पार्बतीलाई पारुहाङ तथा सुम्निमाको रूपमा मान्ने गरिएकोछ । दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देबीको नाम हो । लिम्बूहरू धावासाम, युमासाम भनेर महादेव र पार्बतीलाई इष्ट देवदेवीको रूपमा मान्दछन् । नवदुर्गाको पूजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयादशमी भनेर दही अक्षता मिसाएर शुभघडि हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बूढापाका गुरुहरूबाट टीका लाउने प्राचीन संस्कृतिलाई दुषित पार्नु बुद्धिमत्ता होइन ।’
संस्कृतिविद् सत्यमोहन जोशी लेख्छन्– ‘घटस्थापनाको दिनदेखि वैदिककालदेखिकै परम्परा अनुसार विभिन्न शक्तिपिठहरूमा पूजा आराधना गर्ने काम भइरहेको छ । तर, राष्ट्रपतिलाई राजासँग तुलना गरेर अनेकौँ भ्रमछर्दै धार्मिक र सांस्कृतिक अतिक्रमण गरिएको छ । परम्परा बचाउन राजासँग के संवन्ध छ यस तथ्यलाई हामीले प्रकाश पार्न सकेनौँ भने दसैँं संस्कृति मात्र होइन, कुनै पनि संस्कृति जोगाउन सक्तैनौँ । क्रिस्चियनहरूले अनेक बहानामा मोडिदिएका छन् । तर, नेपालमा २०६३ सालपछि सबै पार्टीका नेताहरूले नेपालको सम्वेदनशीलता बुझ्न नसकेर नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यताहरू माथि विवाद ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न विदेशीहरूलाई खुसी पार्ने जुन कुचेष्ठा गरिँदैछ त्यो आत्मघाती काम गरिरहेका छन् । दसैँं र तिहार नेपालीहरूको लागि सांस्कृतिक तादात्म्यताको गाँठो हो । नेपाल बाहिरका नेपालीहरूले दसैँं र तिहारलाई गोर्खालीहरूको पहिचानको रूपमा लिन्छन् । ०६९ सालको दसैँमा विश्वका हरेक देशहरूमा छरिएर रहेका जुनसुकै जातजाति थरका नेपालीहरूले दसैँंलाई महान चाडको रूपमा मान्दै आपसमा शुभकामना बाँडेर सद्भावकासाथ दसैँं मनाए । दार्जिलिङ, सिक्किम, डुअर्स, आसाम, देहरादूनमा त दसैँं र तिहारलाई गोर्खाहरूको एकताको बिँडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इन्डोनेसियालगायत विश्वका अनेकौँ देशहरूका हिन्दूहरूले आ–आफ्नै प्रकारले दसैँं मनाए । दसैँ, धनी र गरीब सबैको साझा चाड हो ।
भारतमा नेपालीभाषीक्षेत्रहरू बाहेक अन्य ठाउँमा दसैँ र तिहारमा टीका नलगाए पनि धुमधामसाथ दसैँ मनाउँछन् । तर, दार्जिलिङ, डुवर, असाम, सिक्किम, भुटान आदि नेपाली भाषी रहेको क्षेत्रहरूमा सम्पूर्ण नेपालीहरूले दसैँमा निधारभरी टीका र तिहारमा गोलो वा ठाडो टीका लगाउँछन् । अत: हामी कामना गरौँ कि ०६९ सालको बडादसैँदेखि सबै नेपालीलाई सुखसमृद्धि र सार्वभौम–नेपालको स्थिरता कायम ररिरहोस् †

Source : http://www.souryadaily.com/2012/10/42140.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s