अमेरिकी राष्ट्रपति चुनावमा ६ अर्ब डलर खर्च हुने

एजेन्सी
लन्डन, १३ कात्तिक
विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति चुनाव जति नजिकिँदै छ, त्यतिकै यसको खर्च पनि बढिरहेको छ । राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका वर्तमान राष्ट्रपति बाराक ओबामा र म्यासाचुसेट्सका पूर्वगभर्नर मिट रोम्नीले दाबेदारी प्रस्तुत गरेका छन् । राष्ट्रपतिको उम्मेदवार ओबामा र रोम्नीले आ-आफ्नो चुनावी ‘क्याम्पेनिङ’लाई तीव्र पारेका छन् ।
अमेरिकी, बि्रटिस तथा सिएनबिसी अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले यसपटकको चुनावमा करिब ६ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरेका छन् । ती अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार ओबामा र रोम्नीले प्रतिसेकेन्ड २६.८६ अमरिकी डलर खर्च गरिरहेका छन् । दुवै उम्मेदवार निर्वाचनसभा, ब्यानर, टेलिभिजन विज्ञापनमार्फत जनतानजिक पुगिरहेका छन् ।
विश्वमा आर्थिक मन्दीका कारण धनी राष्ट्रहरू यसको चपेटामा छन् । देशलाई आर्थिक मन्दीबाट उस्कान विभिन्न रणनीति ओबामा सरकारले अपनाएको छ । तर, चुनावी मैदानमा भने ओबामाले खुलेर खर्च गरेका देखिन्छ । जसका कारण राष्ट्रपति ओबामाको विरोधसमेत भएको एजेन्सीले जनाएका छन् । तर, अमेरिकी संघीय निर्वाचन आयोगका पूर्वप्रमुख माइकल टोनरले निर्वाचनको कुनै सिमाना नरहेको बताएका छन् । अमेरिकी अर्थतन्त्र मन्दीबाट गुजि्ररहेको अवस्थामा चुनावको खर्च कटौती हुनुपर्ने आवाजसमेत उठिरहेको अवस्था छ । टोनरले भने, ‘अमेरिकी निर्वाचनमा कम खर्च गर्नुपर्छ भन्ने छैन ।’
सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले दिएको तथ्यांकअनुसार नोभेम्बरको निर्वाचनमा ५.८ अर्ब अमेरिकी डलर खर्च हुने देखिएको छ । यो २००८ को तुलनामा सात प्रतिशतले बढी हो । यस निर्वाचन खर्चमा संसद्को निर्वाचनको खर्च पनि जोडिएको छ । यस वर्ष सुपरप्याक र अन्य बाह्य समूहलाई पनि निर्वाचनमा अप्रत्यक्ष रूपमा खर्च गर्न अनुमति प्राप्त भएको छ । उनीहरूले निर्वाचनमा ७५ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरेका छन् । बिबिसीले यसलाई बेलायती आमनिर्वाचनसँग तुलना गर्दा अमेरिकी निर्वाचन एक सय २० गुणा महँगो भएको बताएको छ ।
अमेरिकामा संघीय निर्वाचन हुँदा प्रतिव्यक्ति १८ अमेरिकी डलर खर्च हुने गरेको छ । बेलायतमा  २०१० को निर्वाचनमा प्रतिव्यक्ति ८० सेन्ट खर्च भएको देखिन्छ । क्यानडामा २०११ मा भएको निर्वाचनमा प्रतिव्यक्ति आठ अमेरिकी डलरबराबर खर्च भएको थियो । मतदातालाई निर्वाचनमा संलग्न गराउने तथा मतदान केन्द्रसम्म पुर्‍याउने जुनसुकै कुरा राम्रै भएको टोनरको भनाइ छ । ‘यो अमेरिकी राजनीतिका लागि निकै राम्रो हो, यसपटक निकै गहन निर्वाचन हुने देखिन्छ,’ उनले भने ।
केही सातापछि अमेरिकी चुनाव सुरु हुँदै छ । यस अवस्थामा राष्ट्रपति ओबामा तथा प्रतिद्वन्द्वी रोम्नीबीच भिन्न वैचारिक अवधारणाले अमेरिका नै विभाजित भएको मेल अनलाइनका म्याक्स ह्यास्टिङले उल्लेख गरेका छन् । चुनावी दौडमा रोम्नीले सरकारी खर्च र कर कटौती गर्ने आश्वासन अमेरिकी जनतालाई दिएका छन् । साथै, उनले राष्ट्रपति ओबामाको स्वास्थ्यसम्बन्धी कानुन खारेज गर्न र इरान तथा चीनसँग सम्बन्ध विस्तार गर्नेसमेत अवधारणा राखेका छन् । राष्ट्रपति ओबामाले भने आफ्ना नीतिका कारण अर्थतन्त्र पुनस्र्थापना भएको दाबी गरेका छन् ।
जनतासमक्ष ओबामाले बेरोजगारी घटेको दाबी गरेका छन् । यस निर्वाचनमा उम्मेदवारबीच अर्थतन्त्र, विदेशनीति, महिला अधिकार, स्वास्थ्य कार्यक्रमजस्ता विषयमा फरक-फरक मत आएका छन् । ६ नोभेम्बरमा हुने निर्वाचनमा राष्ट्रपति ओबामालाई रोम्नीले कडा चुनौती दिने एजेन्सीले जनाएका छन् । पछिल्लो सर्वेक्षणमा दुई उम्मेदवारको लोकपि्रयतामा खासै भिन्नता छैन ।
राजनीतिक विज्ञापन विषयमा अध्ययन गर्ने वेस्लेयन मेडिया प्रोजेक्टका माइकल प|mान्जले अमेरिकी निर्वाचन खर्च अत्यधिक हुन थालेको बताएका छन् । अमेरिकी निर्वाचन खर्चलाई अफगानिस्तानमा हुँदै आएको अमेरिकी सैनिक खर्चसँग तुलना गर्दा यो तुलनात्मक रूपमा सस्तो भएको माइकलले बताए ।
‘अमेरिकी निर्वाचन अघिल्लो निर्वाचनभन्दा निकै महँगो हुने गर्छ, यो प्रवृत्ति पुरानो हो,’ माइकलले भने । अर्कोतिर वासिङटनमा निर्वाचनका लागि खर्च जुटाउने काम चौबीसै घन्टा, सातै दिन र वर्षभरि नै निरन्तर रहने देखिएको छ । अमेरिकामा निर्वाचन अभियानको खर्चलाई नियन्त्रण गर्ने सार्वजनिक वित्तीय प्रणाली पनि छ । राष्ट्रपति पदका दुवै उम्मेदवारले आफूले चाहेअनुसार खर्च गर्न यस प्रणालीलाई लागू गर्न चाहेनन् । राष्ट्रपति ओबामाले २००८ को निर्वाचनमा यस प्रणालीलाई लागू गरेका थिएनन् । यसैकारण राष्ट्रपति ओबामा तथा प्रतिद्वन्द्वी रोम्नी निरन्तर रूपमा कोष जुटाउने प्रयासमा देखिन्छन् ।

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=category&layout=blog&id=38&Itemid=54

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s