महाप्रलयको रहस्य

लन्डन , कार्तिक ५ – तापक्रम ४० डिग्री पुग्दा नै जीवन असामान्य हुन थाल्छ । तर, पृथ्वीको तापक्रम ६० डिग्रीभन्दा बढी रहेको बेला कस्तो महसुस हुन्थ्यो होला ?करिब २५ करोड वर्षअघि पृथ्वीको तापक्रम यति धेरै थियो कि जीवन सम्भव थिएन । वैज्ञानिकहरूले एक शोधमा यो आश्चर्यपूर्ण तथ्यको खुलासा गरेका छन् । यो रहस्यलाई खोतल्न लामो समयदेखि वैज्ञानिकहरू लागिपरेका थिए । यो महाप्रलयमा लगभग-लगभग सम्पूर्ण जीवजन्तुको अस्तित्व खतम भएको थियो । उनीहरूका अनुसार महाप्रलयपछिको जलवायु परिवर्तन र ज्वालामुखी विस्फोटमा ९६ प्रतिशत जलचर र ७० प्रतिशत थलचरको जीवन समाप्त भएको थियो । युनिभर्सिटी अफ लिड्समा भएको यो वैज्ञानिक शोधअनुरूप महाप्रलयपछि जीव उत्पन्न हुनलाई हजारौं वर्ष लाग्छ । तर, उक्त महाप्रलयको असरले ५० लाख वर्षसम्म पृथ्वी मृतक्षेत्र बनिरह्यो । त्यस बेला पृथ्वीको सतहको तापक्रम ६० र समुद्रको तापक्रम ४० डिग्री सेल्यिससम्म पुगेको थियो ।

विश्व कार्बन चक्रमा गडबडीले यस्तो स्थिति उत्पन्न भएको वैज्ञानिकहरू बताउँछन् । ग्लोबल वार्मिङ (विश्व जलवायु परिवर्तन) लाई महाविनाशसँग उनीहरूले जोडेर हेर्ने गर्छन् । यो पत्ता लगाउनलाई शोधकर्ताहरूले दक्षिण चीनको चट्टानबाट इल जस्तो माछाको अवशेष संकलन गरेका थिए । ती माछाको १५ हजार स-साना दाँतबाट प्राप्त डाटाका आधारमा यो शोध-रिपोर्ट तयार पारिएको थियो । इलको दाँतमा उपस्थित अक्सिजको परमाणुका आधारमा गणना गरेर लाखौं वर्षअघिको तापक्रमको स्तर पत्ता लगाइएको हो

प्रकाशित मिति: २०६९ कार्तिक ५ ०८:५६

Source : http://www.ekantipur.com/nep/2069/7/12/full-story/356473.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s