झिलीमिली तिहार

बगैंचाका लागि प्रकाश

आधुनिक जीवन शैलीसँगै बढ्दै गएको इन्टेरियरप्रतिको रुचिले घरको भित्री तथा बाहिरी भागको सजावट विशेष प्राथमिकतामा परेको छ । पहिले मानिसहरू घरको भित्री भाग सजावटका लागि पैसा खर्च गर्थे । बाहिरी भागमा खासै चासो दिइँदैनथ्यो तर अहिले मानिसको रुचिमा परिवर्तन आएको छ । घरको भित्रीका साथै बाहिरी भाग पनि उत्तिकै महत्वपूर्ण छ भन्ने भावना मौलाएको छ । घर सजावटमा पनि मानिसले दिल खोलेर पैसा खर्च गर्न थालेका छन् । यसका लागि बगैंचा तथा त्यसमा राखिएका सामग्रीले विशेष भूमिका खेलेका छन् । बगैंचामा राखिने विभिन्न सामग्रीमध्ये लाइट पनि एक हो । घरको आँगन तथा बगैंचामा राखिएको लाइटले घरमा एक प्रकारको अलौकिक सुन्दरता थप्छ । इलेक्टि्रक, सोलार, ग्यास तथा नन पावर्ड लाइट गरी बगैंचामा राख्न सकिने ४ प्रकारका लाइट उपलब्ध हुन्छन् । यी सबैका फरक-फरक विशेषता तथा फाइदा छन् । त्यसमध्ये सोलार सबैभन्दा सजिलो तथा उपयुक्त छ । घामबाट चल्ने हुँदा यसले पैसा पनि बचत गर्छ । सोलार गार्डेन लाइटमा सोलार ल्याम्प, स्टिललेस स्टिल लाइट, कपर सोलार लाइट, सोलार प्याटिवो लाइट, सोलार पाथवे लाइट, सोलार वाल माउट लाइट तथा सोलार स्पट लाइट आदि छन् ।

इलेक्टि्रक लाइट नामजस्तै बिजुलीबाट चल्छ । यसलाई बगैंचाको महत्वपूर्ण भागमा राख्न सकिन्छ । अस्थायी प्रयोगका लागि ग्यास लाइट उपयुक्त हुन्छन् । बगैंचामा पार्टी गर्दा अथवा कुनै चाडपर्वमा यो लाइट राख्न सकिन्छ । त्यसैगरी अर्को छ नन पावर्ड लाइट । यसमा लालटिन तथा मैनबत्ती पर्छ । यो पनि अस्थायी प्रयोगका लागि उपयुक्त छ र सामान्यतः पार्टी तथा चाडपर्वमा प्रयोग गरिन्छ ।

बगैंचामा राखिएका विभिन्न खालका लाइटको प्रयोगले बगैंचा तथा घरमा सुन्दर इफेक्ट निकाल्न सकिन्छ । बाहिर तथा बगैंचामा राखिने यी लाइटले अँध्यारोमा घर उज्यालो बनाउनुका साथै अँध्यारोबाट हुन सक्ने दुर्घटनाबाट पनि केही हदसम्म सुरक्षा प्रदान गर्छन् । बगंैचामा राखिने लाइटले आँखालाई मात्र शान्ति नदिएर एकप्रकारको इन्डिभिज्योलिटी पनि प्रदान गर्छन् । राम्रोसँग सेटिङ मिलाएर राखिने गार्डेन लाइटले फेसन स्टेटमेन्ट पनि क्रियट गरेको छ । अहिले ल्यान्डस्केपका लागि विभिन्न खालका लाइट उपलब्ध छन् । बिजुली कम खपत गर्न कम वाटका बत्ती राख्नु उपयुक्त हुन्छ । लो भोल्टेज गार्डेन लाइटले सामान्यतया अरू बत्तीको तुलनामा कम बिजुली खान्छ । यसका साथै गार्डेनमा सोलार पावर गार्डेन लाइट पनि राख्न सकिन्छ । यसमा एलइडी प्रयोग गरिएको हुन्छ । सूर्यको प्रकाश सोसेर बत्ती उत्पादन गर्ने यसले अरू बत्तीको तुलनामा कम लाइट दिने भए पनि बिजुलीको खपत भने कम गर्छ । त्यसैगरी पmलड लाइट सुरक्षाका दृष्टिकोणले राम्रो मानिन्छ ।

फिचर लाइट एकै ठाउँमा अथवा विभिन्न ठाउँमा इफेक्ट दिन प्रयोग गरिन्छ । यसको सहायताले कुनै एउटा बिरुवा, फूल अथवा बगंैचाको कुनै एक ठाउँलाई विशेष फोकस गरिन्छ । यसलाई वाल माथिबाट अथवा पोलमा राखिन्छ । त्यसैगरी अपलाइटिङ ग्राउन्ड लेबलमा दिइन्छ । यो लाइट बिरुवाको बीच भाग वा रुख आदिमा राखिन्छ । विभिन्न रंगको इफेक्ट दिन एम्बिएन्ट लाइट प्रयोग गर्न सकिन्छ । यसले दिने  वार्म र सफ्ट लाइटले बगैंचा नै सुन्दर बनाउँछ ।

बगैंचामा बत्ती राख्दा पोल तथा वाल माउन्टेड राख्न सकिन्छ । बगैंचा सानो छ भने वालबाट फोकस गरेर लाइट दिनुपर्छ । सानो बगैंचामा वाल माउन्टेड राख्दा यसले स्पेस पनि ओगट्दैन । वालमै जोडिने भएकाले पनि यो उपयुक्त छ । सिम्पल डिजाइन, कम खर्चमा राम्रो तथा आफ्नो बगैंचा सुहाउँदो लाइट राख्नु राम्रो हुन्छ । बाहिरको लाइट रोज्दा वाटरप्रुफ बत्ती रोज्नुपर्छ । बजारमा विभिन्न ५० वटा रेन्जमा आउटडोर लाइट उपलब्ध छन् ।    

बगैंचाका लागि बेन्च

बजारमा घरका साथै बगैंचाका लागि पििन विभिन्न खालका सामग्री उपलब्ध छन् । हिजोआज जति घर बनाउन खर्च गरिन्छ सोही अनुपातमा बगैंचाका लागि दिल खोलेर खर्च गर्ने चलन बढ्दो छ । यसका लागि बगैंचामा राखिने लाइट, गमला, बेन्च, झरना, मूर्ति आदिमा विशेष ध्यान पुर्‍याइन्छ । बगैंचामा बस्न सिटिङ अरेन्जमेन्टले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सेटिङ्स मिलाएर राखिएका बेन्चलेे बगंैचालाई अझ आकर्षक बनाउँछन् । यसले बगैंचाको सुन्दरतामा थप निखार ल्याउँछ । यसका लागि बजारमा विभिन्न डिजाइन, रंग तथा वारेन्टीका बेन्च उपलब्ध छन् । सुन्दर बगैंचामा बस्न बगैंचाअनुरूप सिटिङ अरेन्जमेन्ट मिलाउन सकिन्छ । यसका लागि आफ्नो बगैंचाको आकार हेरेर विभिन्न प्रकारका बेन्च लिन सकिन्छ ।  

स्ट्रेट गार्डेन बेन्चः अरूको तुलनामा त्यति आकर्षक नदेखिए पनि यो बेन्च बगैंचामा राख्न उपयुक्त मानिन्छ । यो बेन्च लामो, टिकाउ तथा भरपर्दो हुन्छ ।

कबर्ड गार्डेन बेन्चेजः कबर्डको प्याटर्नमा उपलब्ध यी बेन्च मेटल अथवा स्टोनमा पनि पाइन्छन् । यी बेन्च आरामदायी छन् भने हेर्दा पनि आकर्षक देखिन्छन् । बगैंचालाई एलिगेन्ट देखाउने हुँदा यी बेन्चको प्रयोग बढी भएको पाइन्छ ।

एन्टिक गार्डेन बेन्चः स्टोन, मेटल अथवा टेराकोटामा उपलब्ध यी बेन्च हेर्दा अरूभन्दा पृथक् देखिन्छन् । त्यसैले पनि यी अरू बेन्चको तुलनामा धेरै लोकपि्रय छन् ।

गार्डेन सीटः बजारमा विभिन्न प्रकार तथा डिजाइनका गार्डेन सिट्स उपलब्ध छन् । यो एक प्रकारको माटोबाट बनेको ड्रम आकारको सेरामिक गार्डेन सीट हो । सानो ठाउँ लिने भएकाले यो सानो बगंैचाका लागि पनि उपयुक्त हुन्छ ।

ब्यालेस गार्डेन बेन्चः यो विभिन्न डिजाइन तथा स्टाइलमा उपलब्ध छ ।

ट्री गार्डेन बेन्चः बगैंचालाई सुन्दर तथा युनिक बनाउने यो सबैभन्दा राम्रो उपाय हो । यो बेन्च रुख-बिरुवाले घेरिएको हुन्छ ।

स्टोरेज गार्डेन बेन्चः अहिले यो गार्डेन बेन्च लोकपि्रय छ । यो स्टोरेज गार्डेन बेन्चमा बस्नुका साथै गार्डेनको सामान यसको तल भएको बाक्समा स्टोर पनि गर्न सकिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s