चाँदीको चमक

नेपाली परम्पराअनुसार शुभ कार्यमा चाँदी प्रयोग गरिन्छ । दसंैका लागि चाँदीका टीकादानी तथा थाली लोकपि्रय छन् भने सक्नेले विवाहमा करुवा तथा खड्कुलो दिने चलन बढ्दै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव चाँदीको कारोबारमा परेको छ । अहिले चाँदीका हरेक सामान नेपालमै बन्छन् । बजारमा चाँदीका पूजा सामग्री एवं गरगहनादेखि वाइन र्‍यापरसम्म उपलब्ध छन् । उपल्लो वर्गमा त स्वास्थ्यका हिसाबले पनि चाँदीका भाँडामा खाना खाने चलन छ ।

सनपछि चाँदी लोकपि्रय छ । शुद्ध चाँदी मुलायम र लचिलो हुन्छ । यसलाई तुरुन्तै पगाल्न सकिन्छ । नेपाली बजारमा चाँदीका गहनाका साथै यसबाट बनेका सामग्रीहरूको माग बढी छ । थारू तथा धिमाल जातिमा चाँदीका गहना निकै लोकपि्रय छन् । चाँदीको औंठी, पाउजु तथा बिच्छुको विशेष महत्व छ । खुट्टामा सुन लगाउन नहुने भएकाले खुट्टाका लागि चाँदीका गहना बनाउने चलन निकै पुरानो हो ।

सस्तो धातु चाँदीको मूल्य पनि अहिले विस्तारै उकालिन थालेको छ । अहिले नेपाली बजारमा चाँदी १ तोलाको १ हजार २ सयको हाराहारीमा छ । नेपाली परम्पराअनुसार शुभ कार्यमा चाँदी प्रयोग गरिन्छ । दसंैका लागि चाँदीका टीकादानी तथा थाली लोकपि्रय छन् भने सक्नेले विवाहमा करुवा तथा खड्कुलो दिने चलन बढ्दै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव चाँदीको कारोबारमा परेको छ । अहिले चाँदीका हरेक सामान नेपालमै बन्छन् । बजारमा चाँदीका पूजा सामग्री एवं गरगहनादेखि वाइन र्‍यापरसम्म उपलब्ध छन् । उपल्लो वर्गमा त स्वास्थ्यका हिसाबले पनि चाँदीका भाँडामा खाना खाने चलन छ ।

अहिले चाँदीकै मात्र आउटलेट पनि खुल्न थालेका छन् । कुनै समयमा सुनको सहायक मानिने चाँदीका सामग्री सुन पसलकै कुनै कुनामा हुन्थे तर अहिले यसका आफ्नै आउटलेट छन् जहाँ केवल चाँदीका सामग्री बिक्री हुन्छन् । त्यहाँ चाँदीका गहना, सजावटी सामान, उपहार, पूजा तथा विवाहका लागि सम्पूर्ण सामग्री खरिद गर्न सकिन्छ । चाँदीका यस्ता शोरुममा ग्राहकहरूले आफूलाई चाहिएका सामान छानी-छानी सजिलै किन्न सक्छन् ।

चाँदीको हेरचाह

चाँदीको आकर्षक गहना वा बैठकमा राखिएको कुनै सजावटी सामग्री पुरानो भएपछि कालो देखिन्छ । खरिद गर्दा चाँदीमा जुन चमक हुन्छ पुरानो भएपछि त्यो कम हुँदै जान्छ । नियमित सफाइ एवं हेरचाह नगर्ने हो भने यो नराम्रो देखिन थाल्छ । चाँदी हावाको सम्पर्कमा आउनेबित्तिकै कालो हुन थाल्छ । त्यसैले गहना लगाएपछि कपासमा बेरेर राख्नुपर्छ ।

पसिनाको सम्पर्कमा आउँदा पनि चाँदीको रंग कालो हुन्छ । त्यसैले चाँदीका गहनालाई पसिनाबाट जोगाउन छालामा टेलकम पाउडर छर्केर मात्र धारण गर्नुपर्छ ।

चाँदीलाई सफा मनतातो पानीमा भिजाएर राख्नुपर्छ र केही समयपछि ब्रसले सफा गर्नुपर्छ ।

चाँदीलाई धेरै तातो पानीमा धुनु हुँदैन ।

दहीमा ५ मिनेट भिजाएर राख्दा चाँदीको चमक उस्तै रहन्छ ।

बजारमा पाइने केमिकल सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।

परपmयुम प्रयोग गर्दा चाँदीका

गहनालाई जोगाउनुपर्छ ।

चाँदीका भाँडा फोहोर भए कोलगेट पाउडरले सफा गर्न सकिन्छ ।

स्वीमिङ गर्नेबित्तिकै चाँदीका गहना लगाउनु हुँदैन । क्लोरिनयुक्त पानीको थोपा पनि चाँदीका लागि राम्रो मानिँदैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s