घरेलु परिकार नै उत्तम

तिहार भन्नेबित्तिकै दिदी-बहिनी र उनीहरूले तयार पारेका मीठो परिकारको सम्झना आउँछ । तिहारमा दिदी-बहिनीहरूले दाजुभाइका लागि खानेकुराहरू तयार गर्ने तथा ख्वाउने चलन छ । यी खानेकुराले भोक मात्र मेटाउँदैनन्, दिदी-भाइ वा दाजु-बहिनीबीचको प्रेम र सद्भावलाई मजबुत बनाउन पनि सहयोग गर्छन् । सेल, अनरसा, मिठाईं, मसला र फलफूल आदिको सम्झनाले मात्र पनि धेरैको मन आनन्दित हुन्छ र दिदीबहिनीहरूलाई सम्झन बाध्य तुल्याउँछ ।

घरेलु परिकारहरूको विशेषताको कुरा गर्दा चिल्लोलाई छुटाउन मिल्दैन । तिहारका कोसेली तयार गर्दा पनि तेल वा घिउ प्रयोग गर्नुपर्ने हुन्छ । धेरै तेल, घिउ प्रयोग गरेका तथा तारेका वा प|mाई गरेका खानेकुराहरूलाई स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । बोसोले कार्बोहाड्रेडको तुलनामा दुई गुणा बढी शक्ति दिन्छ तर यो सजिलै पच्दैन । चिल्लो अर्थात् तेल, घिउ वा बोसोले मोटोपनको समस्या जन्माउँछ भने मुटु तथा धमनीका रोगहरू, उच्चरक्तचाप एवं मधुमेह निम्त्याउँछ ।

घरमा परिकारहरू बनाउँदा तेलको गुणस्तरमा ध्यान पुर्‍याउनुपर्छ । एउटै तेल पटक-पटक प्रयोग गर्नु हुँदैन । सामान्यतः एकपटक राम्रोसँग प|mाई गर्दा तेलको तापक्रम १ सय ७० देखि २ सय २० डिग्री सेन्टिग्रेडसम्म पुग्छ । यो तापक्रममा तेलमा रासायनिक परिवर्तन हुन्छ र यसबाट हानिकारक फ्याटिएसिड -बोसो) निस्कन्छ । त्यसैले तेलको भिस्कोसिटी बढ्छ र रंग गाढा हुन्छ । यो प्रक्रियामा नुन-पानी आदिले अझ तीव्रता ल्याउँछ भने यसमा खानेकुरामा भएको पोषक तत्व पनि खेर जान्छ । धेरै पटक तताएर बढी मात्रामा फ्याटिएसिड भएको तेल खानेकुरामा सोसिएको हुन्छ । यस्ता खानेकुराले हाम्रा रक्तनली -धमनीहरू), मुटु आदि महत्वपूर्ण अङ्गमा असर गर्छन् । यस्ता खानेकुराले अपच गराउने, कब्जियत वा पखाला लगाउने, आन्द्राका रोगहरू, पित्तथैलीमा समस्या र पत्थरी तथा आन्द्राको क्यान्सर पनि गराउन सक्छन् । खानेकुराहरू प|mाई गरेर पकाउँदा स्वादिलो हुन्छ तर बढी चिल्लो हुनुका साथै त्यसमा पाइने पौष्टिक तत्व नष्ट हुन्छ ।

तिहारका खानेकुराहरूमा मिठाईं अर्थात् गुलियोको स्थान सबैभन्दा माथि पाइन्छ । सेल, अनरसा, मिठाईंहरू सबैमा चिनी प्रयोग गरिएको हुन्छ । चिनी गुलियो हुन्छ र धेरैलाई मन पर्छ । यद्यपि स्वास्थ्यका दृष्टिकोणले चिनीलाई राम्रो वस्तु मानिँदैन । चिनी खानेबित्तिकै अर्थात् तत्काल शक्ति प्राप्त हुन्छ । त्यसबाहेक यसको कुनै फाइदा हुँदैन । चिनी अर्थात् ग्लुकोजको रासायनिक बनोट भिटामिन ‘सी’ सँग मिल्दोजुल्दो हुन्छ । रगतमा ग्लुकोजको मात्रा बढेपछि शरीरका कोषहरूमा बस्छ र भिटामिन सीको कमी हुन्छ । जसले हाम्रो रोगविरुद्ध लड्ने शक्तिमा र्‍हास आउँछ । रगतमा ग्लुकोजको मात्रा उच्च रहेको अवस्थामा

‘इन्सुलिन’ नामक हार्मोनको मात्रा पनि बढ्छ । यसले ‘ग्रोथ हार्मोन’ को उत्पादनमा कमी ल्याउँछ । इन्सुलिनले शरीरमा बोसो भण्डार गर्न तथा ‘ट्राइग्लिस्राइड’ नामक बोसोको मात्रा बढाउन सहयोग गर्छ । जसले मुटु तथा धमनीका रोगहरू लगाउने, उच्चरक्तचापको रोगी बनाउने हुन्छ ।

अत्यधिक चिनीयुक्त परिकार खाने वा पटक-पटक चिनीका परिकार खानेहरूमा मोटोपनको समस्या बढेको पाइन्छ । गुलियो खानेकुराले चाँडै नअघाउने र पटक-पटक खाइरहने भएकाले पनि मोटोपनको समस्या बढेको हो । ग्लुकोज अर्थात् चिनीले खनिज तत्वहरूको सञ्चित तथा भण्डारणमा पनि कमी ल्याउँछ । चिनी शिशुहरूमा दाँतको समस्याको कारकतत्व हुनसक्छ । बढी चिनीको सेवनले मानसिक एकाग्रतामा कमी, झड्किलो तथा डिप्रेसन पनि गराउन सक्छ । यसले मृगौलामा पनि नकारात्मक असर पार्नुका साथै शरीर सुन्निन पनि सक्छ । धेरै गुलियो खानेहरूमा पेटको समस्या, हड्डी खिइने समस्या, टाउको दुख्ने तथा माइग्रेनको समस्या पनि पाइन्छ ।

अहिले तिहारमा मात्र होइन, हरेक चाड-पर्वमा पसलमा सजाइएका मिठाईं किन्ने चलन बढ्दै गएको छ । घरमा मिठाईं वा अन्य परिकार बनाउन श्रम, सीप र समय खर्चिएर पनि आर्कषक परिकार बन्न गार्‍हो हुन्छ । त्यसैले हामी आर्कषक मिठाईंहरूका लागि बजारतिर भौतारिन्छौं । बजारका मिठाईंमा अनावश्यक रंग, पि्रजभेटिभ्स तथा एडेटिभ्स -रसायनहरू) प्रयोग गरिएको हुनसक्छ । चाड-पर्वमा खाद्यपदार्थमा गुणस्तरहीन वस्तुहरू मिसाइने सम्भावना अझ बढी हुन्छ । यस किसिमका रसायन तथा रंगले पेट गडबड गराउनुका साथै पखाला लाग्ने सम्भावना पनि बढाउँछ । कतिपय रंगहरूले दीर्घकालीन असर गर्न सक्छन् । मिठाईं तथा प्याकेटका खानेकुरा कुहिन वा बिग्रनबाट जोगाउन विभिन्न किसिमका रसायनहरू -पि्रजभेटिभ्स) प्रयोग गरिएको हुन्छ । यसले जिब्रोमा खटिरा आउने सम्भावनालाई बढाउँछ । बालबालिकाहरूले यस्ता मिठाईं सेवन गरे चाँडै असर पर्छ । यस्ता रसायनले पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्हाउने आदि समस्यालाई जन्म दिन सक्छ ।  

तिहारका परिकारहरूमध्ये चिल्लो र गुलियोपछि अर्को महत्वपूर्ण परिकार हो, मसलेदार तथा साँधेको अचार । चाडपर्वमा हामी खानामा बढी मसला तथा पिरो प्रयोग गर्छौं । मसलेदार तथा साँधेको अमिलो अचारले एसीडीटी बढाउने तथा पेटको अल्सर गराउने सम्भावना हुन्छ । त्यसैले पेटका रोगीहरूले चिल्लो, पिरो, अमिलो अनि मसलेदार खानेकुरा भन्दा पनि त्यसका विकल्पका बारेमा सोच्नु उपयुक्त हुन्छ । चिल्लो, पिरो अनि मसलेदार खानेकुराले मानिसको रक्तसञ्चारमा वृद्धि गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ । यसले शरीरको तापक्रम पनि वृद्धि गर्छ । कतिपय मसलाले विभिन्न किसिमका पाचनरसको उत्पादन पनि वृद्धि गर्छन् । कालो मरिचमा भिटामिन सी, ए र केही खनिज पदार्थ तथा प्रोटिन पनि पाइन्छ । जोर्नीको पीडा, टाउको दुखेको, ज्वरो आएको, यौन दुर्बल्ाता मात्र होइन, खाना अपच भएको अवस्थामा पनि कालो मरिच प्रयोग गरिन्छ । कालो मरिचले कसरी यस्ता समस्या समाधान गर्न मद्दत गर्छ भन्ने कुरा खुल्न बाँकी नै छ । त्यस्तै अचारमा प्रयोग गरिने अदुवा, लसुन, प्याज, गोलभेंडा, पुदिना आदि उपयोगी मानिन्छन् तर अचार वा अन्य परिकारहरूमा पनि नुनको प्रयोग धेरै गर्नु हुँदैन ।

तिहारको कोसेलीमा राखिएका सबैभन्दा उत्तम खानेकुरा हुन्-फलफूल । फलफूल जति खायो, उति फाइदा, बेफाइदा छँदै छैन । चाडपर्वको रमाइलो वातावरणमा तथा विभिन्न परिकारको सुगन्धले जिब्रो रसाएको अवस्थामा के खाने र के नखाने भनेर अलमल गर्नु हुँदैन । यस्तो अवस्थामा अलिअलि गरेर भरसक धेरै परिकार खानु व्यावहारिक हुन्छ । एकदिन थोरै बढी चिल्लो, अमिलो, गुलियो, नुनिलो खानेकुरा खाँदैमा कुनै दीर्घ रोग लाग्दैन तर पनि आफ्नो नियमित खानामा गुलियो, चिल्लो, पिरो, नुनिलो खानेकुरामा कमी ल्याउनु उपयुक्त हुन्छ । दिदी-बहिनीहरूले तिहारमा आफ्नै हातले खानेकुरा तयार गर्दा अनावश्यक रंग एवं रसायनबाट बच्न सकिन्छ । संयमित भएर उचित मात्रामा खाए सेल, अनरसा, अचार, फलफूल, मिठाई, पान तथा मसलाले स्वास्थ्यलाई फाइदा दिनुका साथै मनलाई आनन्दित तुल्याउँछ । यसले तिहारको रमाइलो बढाउँछ । दाजुभाइलाई गुलियो, चिल्लो, पिरो, अमिलो, मसलेदार तथा बजारिया खानेकुरा भन्दा फलफूल एवं घरेलु परिकार ख्वाउनमा जोड दिनु राम्रो हुन्छ ।

Source : http://www.ekantipur.com/nari/article/?id=1218

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s