खाद्यपदार्थमा मिसावट

दैनिक उपभोग्य वस्तुमा स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका सामग्री मिसाइयो भने मानव जीवनमा कस्ता समस्या आउलान् ? यसको उत्तर जटिल छ तर अहिले बजारमा पाइने दैनिक उपभोग्य खाद्यवस्तुमा मिसावट साधारण विषय भएको छ । जिरामसला पाउडरमा काठको धूलो, दाल-चामलमा गिट्टी-ढुंगा, जेरी-मिठाईं आदिमा विभिन्न केमिकल रंग, राजमा-परबल आदि तरकारीजन्य पदार्थमा पनि विविध खालका रंग मिसाइनु सहजै देख्न सकिने मिसावट हुन् । आँखाले देख्न नसकिने मिसावटको त हामी कल्पना पनि गर्न सक्दैनौं । विशेष गरी चाडपर्वमा खाद्य सामग्रीलाई आकर्षक देखाउन यस्ता मिसावट तीव्र बनाइने विशेषज्ञहरू बताउँछन् ।

प्रस्तुतिः लक्ष्मी भ०८ारी थापा

बिनु माथेमा, संस्थापक, जगत मन्दिर उच्च मा.वि. तथा कस्मोपोलिटन कलेज घरबाहिर मात्र नभएर पारिवारिक रेखदेख र स्वास्थ्य आदि विषयमा महिलाको पूर्ण जिम्मेवारी रहन्छ । स्वास्थ्य नै धन हो । त्यसैले खाद्यपदार्थमा हुने मिसावट रोक्न आम नागरिक सचेत हुनु जरुरी छ । यस्ता खाद्यपदार्थ उपभोग गर्नाले तत्कालका लागि मात्र नभएर दीर्घ कालसम्म मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको पाइन्छ । व्यावसायिक प्रतिस्पर्धा, आकर्षक देखाउने होड तथा तौल बढाउन व्यापारीहरू मिसावटमा अग्रसर हुने गरेका छन् तर यस्तो होडले व्यवसायी आफैंलाई पनि लङ-ट्रम असर पार्छ जस्तै-गुँदपाक भण्डार बन्द हुनु । यसको न्यूनीकरणका लागि सकेसम्म घरमै उब्जाइएको अर्गानिक खाद्यपदार्थ उपभोग गर्नु उत्तम हुन्छ । त्यसबाहेक सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु अत्यावश्यक छ भने अर्कातर्फ नागरिकहरू आफै पनि सजग हुनुपर्छ । परिवारमा महिला शिक्षित भए यस्ता समस्या आफै कम भएर जान्छन् । विशेषगरी चाडपर्वमा बजारमा मिसावट बढी हुने भएकाले उपभोक्ता सजग हुनुपर्छ ।

जगन्नाथ मिश्र, अधिवक्ता तथा

उपभोक्ता हित संरक्षण मञ्च, काठमाडौं, सचिव

दूधमा कास्टिक सोडा र युरिया मल, मिठाईंमा अखाद्य स्याकरिन, मरिचमा मेवाका दाना मिसाइनु मिसावटका ज्वलन्त उदाहरण हुन् । चाडपर्वमा ठूलो परिमाणमा सामग्री  बिक्री हुने भएकाले बजारमा बढी मिसावट देखिन्छ । अनुचित संचय गरिदिने र कृत्रिम अभाव सिर्जना गर्ने उपहार भिडाइदिएर बढी कारोबार गर्ने चलन एकातर्फ छ भने अर्कातर्फ बजार सीमित व्यापारीको कब्जामा छ । ठूला गोदामहरू उनीहरूकै नियन्त्रणमा छन् । बिचौलिया कम गराए मूल्य कम हुन्छ । मूल्य निर्धारण नीति बनाऊ भनेर सर्वोच्चले २ वर्षअघि नै आदेश दिएको छ तर सरकारको इच्छाशक्तिको अभाव एवं सरकार उपभोक्तामुखी नहुँदा उक्त कुरा लागू हुन सकेको छैन । सरकारी नियमन अधिकारीहरूमा ठूलो कमजोरी छ । उनीहरूमा आर्थिक चलखेल तथा राजनीतिक एवं सांगठनिक दबाबका कारण विचलन छ । नागरिक र उपभोक्ताप्रति सरकार, नियमन अधिकारी तथा व्यापारी कोही पनि गम्भीर छैनन् । सरकारी नियमन अधिकारीहरू व्यवसायीहरूकै परिक्रमा गर्न उद्यत छन् । विद्यमान कानुनलाई पर्याप्त रूपमा अभ्यास-अनुसन्धान गर्नुको साटो उनीहरू उजुरीलाई निस्त्रिmय पार्न उद्यत रहन्छन् ।

सञ्जीवनी मल्ल,  प्रबन्ध- निर्देशक, जंगस्ट्रङ नेलआर्ट

व्यावसायिक महिलाका साथै हाउसवाइफ पनि भएकाले दाल-चामलमा दैनिकजसो ढुंगा भेट्ने गरेकी छु । बेसार भनेर प्रयोग गर्‍यो तरकारी पहेंलो हुँदैन, पिठो मिसाइएको हुन्छ । बेसारको गन्ध पनि आउँदैन । विशेषगरी जिरामसला तथा खुर्सानीको पाउडर, दाल-चामल, मिठाइर्ंं तथा तरकारीहरूमा मैले मिसावटको अनुभव गरेकी छु जसले स्वास्थ्यमा हानी पुर्‍याउँछ । एकपटक पाउरोटी खाँदा रुघाखोकी एवं ज्वरोले थलिनुपरेका कारण अफिसको काममा बाधा भएको छ । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो विषयमा व्यवसायीहरू पनि बढी कमर्सियल हुनु हुँदैन भने सरकारले खाद्य अनुसन्धान निकाय तथा खाद्य नीतिलाई बलियो बनाउनु जरुरी छ । सरकारले अनुसन्धान गर्छ तर बाढीजस्तै ह्वात्त आउँछ र फेरि हराउँछ । त्यस्तो हुनु हुँदैन, यसलाई निरन्तरता दिनु आवश्यक छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । बिरामी परेर मानिस ओछ्यान पर्‍यो भने परिवार, समाज तथा राष्ट्रलाई उसले दिन सक्ने योगदान मर्दै जान्छ अनि कसरी मुलुकलाई टेवा पुग्छ ? सरकारले यसलाई गम्भीर रूपमा लिनु आवश्यक छ ।

प्रमोद कोइराला,  प्रवक्ता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

चाडपर्व विशेषका लागि असोजको दोस्रो हप्तादेखि नै हाम्रो कार्य तीव्र रूपमा सुरु भयो जुन चाडपर्वभरि निरन्तर रहन्छ । जसभित्र खाद्य उद्योग निरीक्षण, बजार अनुगमन, होटल-रेस्टुँरा अनुगमन, खाद्य स्टोर तथा गोदाम निरीक्षण एवं अनुगन प्रमुख छन् । सरकारले दोषीलाई कारबाही गरेको छैन, सरकारी निकाय नागरिकमुखी छैन भन्नु गलत हो । हामीले कारबाही गरेका थुप्रै उदाहरण छन् । गत वर्ष मात्र ४ सय ठाउँमा अनुगमन भएको छ । अनुगमनका क्रममा उद्योगहरू बन्द गरिएका छन्, गुणस्तरहीन खाद्यपदार्थ नष्ट गरिएका छन् । साना प्राविधिक त्रुटि भएका ठाउँमा निर्देशन दिएर त्यसको अनुगमन पनि गरेका छौं । हामीसँग खाद्य निरीक्षकहरू हुनुहुन्छ जो दैनिक परिचालित हुनुहुन्छ । ठूला व्यावसायिक घरानाका उत्पादन पनि गुणस्तरहीन छन् भने कारबाहीमा परेका छन् । दुग्ध विकास संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान आदि व्यावसायिक संस्था पनि हाम्रो कारबाहीमा परेका उदाहरण छन् । चाडपर्वमा खानेकुराको उपभोग बढी हुन्छ र बिक्री बढी हुने बेला पनि यही भएकाले हामी यतिबेला विशेष सजग रहन्छौं ।

नेहा राणा कक्षपती,  एच आर म्यानेजर, स्पर्श स्पा, नक्साल

अहिले मिसावट चरममा पुगेको छ तर त्यसबाट कसरी बच्ने आफैं सचेत नभई अकोर्े उपाय छैन । स्यान्डबीच खाँदा काँचको टुक्रा भेट्ने मान्छे मै हुंँ । तर यसमा के गर्न सकिन्छ र आफैं सजग हुनुबाहेक । खाद्यपदार्थमा विभिन्न वस्तु मिसाएर अखाद्य बनाउँदा स्टोन हुने, किड्नी  खराब हुने एवं गर्भवती महिलामा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । यसबाट जोगिन जिरा-धनियाँको धूलो प्रयोग गर्नुअघि केहीबेर पानीमा भिजाउनुपर्छ । यसो गर्दा काठ वा अन्य केही मिसावट भए स्वतः माथि तैरिन्छ । मसाज, शिरोधारा गर्दा पनि एउटै तेल धेरैजनालाई प्रयोग नगर्ने, सकेसम्म राम्रा ब्रान्डका प्रसाधन प्रयोग गर्न सके मानव स्वास्थ्यमा टेवा पुर्‍याउन सकिन्छ । विशेषतः चाडवाडमा मिठाईं, तरकारी आदिमा समेत विभिन्न रंग एवं अखाद्य पदार्थ मिसावट हुने भएकाले क्रेता आफैंले सावधानी अपनाउनुपर्छ । त्यसबाहेक सरकारी निकायले बलियो रणनीति तयार गरी त्यसको उचित कार्यान्वयन गर्नुपर्छ । नागरिक स्वयं सजग एवं सचेत हुनुपर्छ ।

Source : http://www.ekantipur.com/nari/article/?id=1207

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s