हनुमानढोकाको दसैँघरमा फूलपाती भित्र्याइयो

काठमाडौँ, कात्तिक ५ – दशैँको सातौँ दिनका अवसरमा गोरखा र धादिङबाट ल्याइएको फूलपाती आज काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा सांस्कृतिक कार्यक्रमसहित भित्र्याइएको छ।

आज दिउँसो ३ बजे हनुमानढोकाबाट बाजागाजाका साथ निस्किएको र्‍याली सहरका मुख्य भागको परिक्रमा गरी ४ बजे पुनः सोही स्थानमा पुगी फूलपाती भित्र्याइएको हो।

र्‍याली हनुमानढोकाबाट मछिन्द्रबहाल-जमल-घण्टाघर-असन हुँदै पुनः हनुमानढोकामा पुगेको थियो।

काठमाडौँ महानगरपालिका-२५ वडा जात्रा व्यवस्थापन समितिका संरक्षक राजन महर्जनका अनुसार गत वर्षहरुको तुलनामा यस वर्ष नेपाली सेना, नेपाल प्रहरी, सरकारी अधिकारी र स्थानीयवासीको उत्साहजनक सहभागिता थियो।

दुर्गा भवानीको प्रतिमा राखिएको सो फूलपातीमा पातसहितको ऊखु, अदुवाको बोट, केराको बोट, धानको बाला, बेलपत्रलगायतका अन्य फूल-प्रसाद राखी पूजाअर्चना गर्ने परम्परा छ।

नेपाली सेनाले टुँडिखेलमा हर्षोल्लासका साथ बढाइँको कार्यक्रम सम्पन्न गरेपछि दसैंघरमा फूलपाती भित्र्याइने प्रचलन छ। रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s