वाषिर्क १५ अर्बको मासु आयात

 

काठमाडौ, असार ७ – बिदाको दिन वा शनिबार मासु खाने चलन हाम्रो समाजमा पुरानै हो । तर पछिल्लो समयमा बढ्दै गइरहेको उपभोगले वाषिर्क करिब ६५ अर्ब रुपैयाँको निर्यात गर्ने सानो अर्थतन्त्रले मासु आयात गर्न मात्रै झन्डै १५ अर्ब रुपैयाँ खर्च गरिरहेको छ ।

‘न्यून मूल्यांकन भएको र भन्सारमा नदेखाई धेरै आयात भइरहेकाले मन्त्रालयले करिब १५ अर्ब रुपैयाँ बराबरको आयात भइरहेको हुन सक्ने आकलन गरेको छ,’ अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले भने ।

मन्त्रालयको आकलनलाई आधार मान्ने हो भने सुन र पेट्रोलियम पदार्थ र सवारी साधनपछि मासु आयातमा सबैभन्दा बढी रकम खर्च गरेको छ । यस वर्षको पहिलो ९ महिनामा ३७ अर्ब रुपैयाँ सुनमा, ३० अर्ब रुपैयाँ पेट्रोलियम आयातमा खर्च गरेको छ । अत्यधिक आयातका कारण हालसम्मकै उच्च दरले व्यापार घाटा बढेपछि सरकारले आगामी बजेटमा मासु आयात प्रतिस्थापन नीति ल्याउने भएको छ । ‘देशभित्रै मासु उत्पादन बढाउन बाख्रापालन कार्यक्रमलाई प्राथमिकता दिइनेछ,’ आचार्यले भने ।

जिउँदो खसीबोका र राँगा र तिनको मासु आयात भइरहेको छ । दैनिक करिब ३० ट्रक खसीबोका काठमाडौं भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । यसअनुसार साताको १० हजार वटा खसी बोका राजधानी भित्रन्छन् । ‘जिउँदो खसीबोका र राँगा अनधिकृत रूपमा पनि भित्रिने हुँदा मासुका लागि नेपालले खर्च गर्ने रकम मन्त्रालयको अनुमानभन्दा बढी पनि हुन सक्छ,’ चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले भने, ‘यसले व्यापार घाटा बढाउन पनि मद्दत पुर्‍याएको छ ।’

जिउँदो जनावरसँगै चिस्याइएको मासु (फ्रोजन मिट) को माग पनि बढ्दै गइरहेको छ । ‘विदेशीहरूले मुख्यतया यो मासुको माग गर्ने गरेको देखिन्छ,’ कृषिविद् दुर्गादत्त जोशीले भने, ‘आयात प्रतिस्थापनका लागि राजमार्ग छेउछाउ पशुपालनलाई प्राथमिकता दिनुपर्छ ।’ केही वर्षअघि यसबारे अध्ययन भए पनि कार्यान्वन नभएको उनले बताए ।

कुखुरामा भने मुलुक आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्षम भएको छ । दैनिक करिब ५० हजार किलो जिउँदो कुखुरा भारत निर्यात भइरहेको भ्याली कोल्ड स्टोरका प्रमुख श्रीकृष्ण घिमिरेले बताए । ‘भारतमा माग बढेकोले निर्यात बढिरहेको छ,’ उनले भने । उपत्यकामा दैनिक खपत हुने करिब २ लाख किलो कुखुराको मासु पनि स्वदशमै उत्पादन भइरहेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति: २०६७ असार ७ ०८:४४

Source : http://www.ekantipur.com/nep/2069/7/6/full-story/356479.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s