खसी, बोका भन्दा भेंडा, च्याङ्ग्रा महँगो

भक्तपुर, कात्तिक ४ – दसैंको लागि चीनको तिब्बतबाट आयात गरिएको भेडा, च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा आइपुगेका छन्। हरेकवर्ष झैं यसवर्ष पनि व्यापारीहरूले ल्याएको भेडा च्याङ्ग्रा गतवर्ष भन्दा महँगो भएको बताएका छन्।

 Click on the slide!

 
तिब्बतमै भेडा च्याङ्ग्रा महँगो भएको र पर्याप्त सङ्ख्यामा नपाए पछि यसवर्ष गतवर्ष भन्दा अत्यन्तै कम अर्थात दुई हजार सङ्ख्यामा मात्र भेंडा च्याङ्ग्रा ल्याइएको उनीहरूले बताएका छन्।

गतवर्ष प्रतिकिलो रु ३०० मा बिक्री गरेको च्याङ्ग्रा यसवर्ष प्रतिकिलो रु १०० बढेर रु ४०० मूल्य निर्धारण गरेको सिन्धुपाल्चोक पाङ्ताङ्बाट आएका व्यापारी दानबहादुर श्रेष्ठले बताउनुभयो। त्यस्तै गतवर्ष प्रतिकिलो रु २७० मा बिक्री भएको भेडा यसवर्ष प्रतिकिलो रु ८० बढेर प्रतिकिलो रु ३५० मूल्य निर्धारण गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसवर्ष भोटमै भेंडा च्याङ्ग्रा अभाव भयो, तिब्बतका व्यापारीले नै मूल्य बढाएका छन्। कतिपय नेपाली व्यापारीहरू भेंडा च्याङ्ग्रा नपाएर तिब्बतबाट रित्तै फर्किए। यसवर्ष थोरै आएकाले पनि मूल्य बढेको हो।”

गतवर्ष भक्तपुरको सल्लाघारीमा करिब पाँच हजार भेंडा च्याङ्ग्रा ल्याइएकामा यसवर्ष दुई हजार मात्र ल्याइएको व्यापारीले बताएका छन्।

गतवर्ष एक हजार भेंडा च्याङ्ग्रा ल्याएका व्यापारीले यसवर्ष ४०० मात्र ल्याएको अर्का व्यापारी रमेश खड्काले बताए ।

विगतमा तिब्बतका व्यापारीले नेपालीलाई मात्र भेडा च्याङ्ग्रा बिक्री गर्ने गरेकोमा यसवर्ष भने तिब्बतमै यसको खपत भएकाले नेपाली ब्यापारीले भेंडा च्याङ्ग्रा नपाएको उनीहरूको भनाइ छ।

तिब्बतमा अहिले भेडा च्याङ्ग्राको मासु, हाड, टाउको, छाला छुट्टाछुट्टै बिक्री हुने र महँगो मूल्यमा मुसलमान समुदायले लैजाने भएकाले नेपाली व्यापारीले चाहेर पनि यसवर्ष धेरै भेंडा च्याङ्ग्रा ल्याउन नसकेको व्यापारीले बताए ।

भेडा च्याङ्ग्रा ल्याउँदा तिब्बतका प्रहरी, नेपाल प्रवेश गरेपछि भन्सारका केही कर्मचारी, विभिन्न स्थानका प्रहरी र विभिन्न सङ्घ संस्था आदिलाई भंेडा च्याङ्ग्रा उपहार दिँदा भक्तपुर आईपुग्दा निकै घट्ने गरेको व्यापारीहरूको भनाइ छ।

त्यसैगरी भक्तपुरमा विभिन्न जिल्लाबाट करिब दुई हजार खसी बोका ल्याइएको छ। भक्तपुरको सल्लाघारी, पाँचतले मन्दिर परिसरलगायत विभिन्न क्षेत्रमा बिक्रीका लागि ल्याइएको खसी बोका पनि विगतमा भन्दा यसवर्ष महँगो भएको छ। खसी बोकाको निश्चित मूल्य निर्धारण नगरी व्यापारीले आ-आफै मनोमानीरूपमा मूल्य राखेका छन्।

अधिकांश व्यापारीले खसी प्रतिकिलो रु ३२० देखि रु ३८० सम्म मूल्य निर्धारण गरी बिक्री गरेका छन्। सल्लाघारीमा व्यापारीले च्याङ्ग्रा भन्दा सस्तो प्रतिकिलो रु ३८० रुपैयाँमा खसी बिक्री गरेका छन् भने सिरुटारमा व्यापारीले ल्याएका खसी भने प्रतिकिलो रु ३२० मा बिक्री गरेको स्थानीयले बताए। रासस

Source :http://www.nagariknews.com/economy/industries/47988-2012-10-20-04-15-23.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s