खाद्य संस्थानले खसीबोका बेच्न थाल्यो

काठमाडौ, कार्तिक १ – खाद्य संस्थानले मंगलबारदेखि खसीबोका बेच्न सुरु गरेको छ । संस्थानको खसी थापाथलीस्थित गोदाममा किन्न पाइने छ । ‘१२ सय खसीबोका काठमाडौं ल्याइसकेका छौं,’ संस्थानका महाप्रबन्धक हरिनारायण शाहले भने, ‘यसपालि ३ हजार खसी बेच्ने योजनाअन्तर्गत बाँकी खसी आउने क्रममा छन् ।’ संस्थानले हटौंडाबाट १ हजार र नेपालगन्जबाट २ हजार खसी ल्याउने पनि उनले बताए । संस्थानले २५ किलोभन्दा बढी तौल भएका जिउँदो खसीको मूल्य किलोको ३ सय १४ रुपैयाँ र २५ किलोभन्दा कम तौल भएका जिउँदो खसीको मूल्य किलोको ३ सय ४ रुपैयाँ तोकेको छ । सोमबार साँझ बसेको संस्थान सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘हामीले २५ किलो तौललाई आधार मानेर जिउँदो खसीको मूल्य ३ सय १४ रुपैयाँ र ३ सय ४ रुपैयाँ तोकेका छौं,’ संस्थानका अध्यक्ष आनन्दबहादुर चन्दले भने । अध्यक्ष चन्दका अनुसार एउटा खसीमा ६० प्रतिशत मासुपर्ने हिसाबले जिउँदो खसीको मूल्य तय भएको हो । यसअनुसार २५ किलोभन्दा माथिको खसीको तयारी मासु किलोको ५ सय २३ रुपैयाँ र २५ किलोभन्दा मुनिको खसीको तयारी मासु किलोको ५ सय ६ रुपैयाँ पर्ने पनि उनले बताए । ‘उपभोक्ताको हितका लागि हामीले बजार मूल्यभन्दा सस्तोमा खसी उपलब्ध गराउने निर्णय गरेका हौं,’ उनले भने, ‘यसमा संस्थानले नाफा राखेको छैन ।

‘महाप्रबन्धक साहले खसीको खरिद, ढुवानीलगायत आधारमा मूल्य तय गरिएको बताए । ‘लागतका आधारमा मूल्य तय गरिएको छ,’ उनले भने, ‘सर्वसाधारणलाई मर्का नपरोस् भनेर हामीले लागत मूल्यमा किलोको १० रुपैयाँ मात्र जोडेर खसीको मूल्य तय गरेका छौं ।’ चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले खसीको भाउ हरेक दिन फरक पर्ने भएकाले यति नै हुने भन्ने टुंगो नहुने बताए ।  

 

प्रकाशित मिति: २०६९ कार्तिक १ ०९:४०

Source : http://www.ekantipur.com/nep/2069/7/1/full-story/356285.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s