विश्वकै उत्कृष्ट १० भित्र नेपालको पुस्तकालय

Wednesday, 10 October 2012 06:56
16 View(s)
काठमाडौं÷रास– नवलपरासीको अग्यौली सामुदायिक स्रोत पुस्तकालय एसियाकै एक मात्र उत्कृष्ट र विश्वमा उत्कृष्ट १० पुस्तकालयभित्र परेको छ । अमेरिकाको वासिंगटन डीसीस्थिति इलेक्ट्रोनिक इन्फरमेसन फर लाइब्रेरिज (ईआईएफएल) ले सञ्चालन गरेको कार्यक्रममा नेपालमा सञ्चालित सामुदायिक पुस्तकालय विश्वका १० उत्कृष्टभित्र पर्न सफल भएको हो । ईआईएफएलले आयोजना गरेको कार्यक्रममा सो पुस्तकालयले १ हजार ५ सय अमेरिकी डलर नगदसहित अवार्ड प्राप्त गरेको हो । रिड नेपालका कन्ट्री डाइ™ेक्टर सम्झना श्रेष्ठको नेतृत्वमा अमेरिका पुगी अग्यौली पुस्तकालयका पूर्वअध्यक्ष प्रेमबहादुर बस्नेतले सो अवार्ड ग्रहण गरेको रिड नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नुवाकोटको अग्यौली गाविसमा २०५६ सालमा स्थापना भएको हो । सो पुस्तकालयले नवलपरासीको अग्यौली र देउराली गाविसमा शिक्षा, जीविकोपार्जन, सूचना प्रविधिमा पहुँच र संस्थागत सरलीकरण जस्ता उद्देश्यतर्फ केन्द्रित रही विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ भने रिड नेपाल र प्राक्टिकल एक्सनसँगको साझेदारीमा प्राविधिक ज्ञान सेवा कार्यक्रमसमेत अगाडि बढाइरहेको छ ।

Source:http://www.rajdhani.com.np/index.php?option=com_content&view=article&id=2912%3A—–&catid=1%3Anational&Itemid=8&lang=en

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s