दसैंतिहारका लागि ३ सय नयाँ बस थपिने

मितेरी यातायातले २४ गतेदेखि वातानुकूलित (एसी) सुविधाको ४ वटा नयाँ बस थप्दै छ । राजधानीबाट पूर्व चल्ने यी गाडी दसैं लक्षित गरेर ल्याइएको हो । प्रतिबस ५५ लाख रुपैयाँ लगानी गरेर कम्पनीले भारतको नयाँदिल्लीमा बनाएर बस ल्याएको हो । यस्तै मेट्रो डिलक्सले असोज ३० गतेदेखि ७ वटा नयाँ बस सञ्चालन गर्ने भएको छ । एउटा बसका लागि ४२ लाख रुपैयाँ खर्च गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले बताए । ‘यस्तै मकालु यातायातले एसीयुक्त ४ वटा, डिलक्स ३ वटा र २ वटा मिनी डिलस्क बस भित्र्याउने भएको छ,’ उनले भने । यी केही उदाहरण मात्र हुन् । यात्रुको उच्च चापलाई लक्षित गरी दसैंमा कम्पनीहरूले धमाधम नयाँ बस थप्न थालेका छन् । ‘मुलुकका विभिन्न ठाउँमा नयाँ बस बनिरहेका छन्,’ सिटौला भन्छन्, ‘समयअनुसार काम भए दसैं अगाडि करिब ३ सय नयाँ बस थपिने छन् ।’ यात्रुको चाप बढेकाले यस बेला केही भए पनि सहयोग पुगोस् भनेर बस कम्पनीहरूले भ्याएसम्म दसैं अगाडि नै नयाँ गाडी भित्र्याउन खोजेको उनले बताए । ‘बनेपा, काठमाडौं, भैरहवा, पोखरा, झापालगायत स्थानमा नयाँ बस बनिरहेका छन्,’ उनले भने, ‘तर लोडसेडिङका कारण समयमा काम हुन सकेको छैन ।

night bus

Source: http://www.ekantipur.com/nep/2069/6/23/full-story/355857.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s